धरान/ नायिका प्रियङ्का कार्की पछिल्लो समय हट केक झैं छिन् । रजतपटमा तहल्का मच्चाइरहेकी नायिका कार्कीको ‘रोमान्टिक छ’ बोलको डान्सिङ गीत सार्वजनिक भएको छ ।

आशिष र अञ्जु पन्तको स्वर रहेको गीतमा प्रियङ्काको ठुम्का देख्न सकिन्छ । यो भिडियोले अहिले राम्रो चर्चा बटुलेको छ । भिडियोमा कार्कीको अहिलेसम्मकै धमाकेदार नृत्य देख्न सकिन्छ । कार्कीको साथमा भिजु पार्कीले साथ दिएका छन् । नृपेश उप्रेतीका शब्द रहेको गीतमा अर्जुन पोखरेलले सङ्गीत भरेका छन् ।

गम्भीर विष्टको कोरियोग्राफी रहेको भिडियोको निर्देशन सुब्रतराज आचार्यले गरेका हुन् । गायक आशिषले सार्वजनिक गरेको डान्सिङ गीतलाई आफ्ना दर्शकले अत्यधिक रुचाउनेमा उनी विश्वस्त छन् ।