धरान/ सामाजिक सञ्जालमार्फत् बोल्ड र सेक्सी फिगरका कारण चर्चामा आउने नायिका पुनम पाण्डेले फेरि अर्को धमाका मच्चाउने तयारी गरेकी छन् ।
उनले इन्स्टाग्राममा सेक्सी तस्बिर अपलोड गर्दै धमाकेदार नृत्य गर्ने खुलाएकी हुन् । उनले चाँडै नै आफ्ना फ्यानहरूलाई उक्त भिडियो हेर्नका लागि आग्रह गरेकी छन् । उनले आइटम गीतमा देखिन लागेको बताएकी हुन् । तर, कहिले उक्त भिडियो बाहिर आउने हो त्यो बारे भने खुलाएकी छैनन् ।
त्यसो त केही दिन अघि मात्रै उनको एक भिडियो रिलिज भएको थियो । उक्त भिडियोमा उनी इण्डोनेशियन मोडलका साथ देखिएकी थिइन् । सेक्सी फिगरका कारण उनी सदैव चर्चामा रहने गरेकी छन् ।