काकँरभिट्टा/ गोर्खा मेमोरियल फाउण्डेसन नेपाल र काँकरभिट्टा भेट्रान फुटबल क्लबका आयोजनामा भएको गोर्खा साँस्कृतिक साँझ च्यारिटी शो सम्पन्न भएको छ ।
साँझमा लोकप्रिय गायिका मेलिना राई, लण्डनको चर्चित ब्याण्ड द हिमालयनका भोकलिस्ट गायक धनकिरण गुरुङ तथा सङ्गीतकार उत्तमजङ लिम्बू र हास्यव्यङ्ग्यकार मनोज गजुरेलले काँकरभिट्टामा झापाली दर्शकलाई मनोरञ्जन प्रदान गरेका थिए ।
गायिका मेलिनाले फेरि कहाँ आउँछ र बालापनको उमेर बोलको गीत गाएर हजारौं दर्शकलाई नचाएकी थिइन् । हास्यकलाकार मनोज गजुरेलले नेपाली राजनीति र अन्य देशका नेताहरूको क्यारिकेचर गरेका थिए ।