एजेन्सी/ नवाजुद्दीन सिद्धिकी यतिखेर आउनेवाला फिल्म ‘रात अकेली हे’ को छायाङ्कनमा व्यस्त छन् ।
कानपुरको सुटिङमा व्यस्त रहेका यी नायक लो प्रोफाइलमा बस्न चाहान्छन् । उनी सुरक्षाकर्मीबिनै हिडडुल गर्ने गरेका छन् । फिल्मको छायाङ्कन पछि उनी जब एक्लै हिड्दै थिए । उनलाई फ्यानहरूले तानेर सेल्फी लिएका छन् । आफ्नो कारतर्फ अघि बढिरहँदा उनलाई एक फ्यानले कठालोमा समातेर सेल्फी खिच्न लिएर गएका हुन् ।
नवाजका बडिगार्डले जब ती फ्यानलाई पछि हटाउने कोसिस गरे तब फ्यानले कठालो नसमाति नै पछाडि हटेका थिए । नवाज उनीसँगै हिडेका थिए । यो भिडियो यतिबेला भाइरल बनेको छ । सामाजिक सञ्जालमा अपलोड गरिएको यो भिडियो निकै चर्चित बनेको छ ।
बलिउड नायक नवाजुद्दिन सिद्दिकी उत्कृष्ट कलाकारमध्येका एक हुन् । ग्यांग्स अफ वासेपुर, मांझी, बदलापुर, किक, राघव रमन र हरामखोरजस्ता फिल्ममा उनले आफूलाई प्रमाणित गरिसकेका छन् । उनका फ्यान फलोविङ करोडौंमध्ये एक हुन् । आजकाल सेल्फीका लागि क्रेज बढ्दो छ । प्रशंसकले आफूलाई मनपर्ने कलाकार देख्ने बित्तिकै सेल्फी खिच्ने गर्छन् । हालै नवाजलाई फ्यानको सेल्फी भारी पर्यो ।