धरान / वुमन वर्थ गु्रपको आयोजनामा विवाहित महिलाहरुको लागि आयोजित मिसेस स्टेट १ दोस्रो सिजनको मिरिन्डा मिसेस ट्यालेन्ट र मिसेस व्युटिफुल चरणको छनौट सम्पन्न भएको छ ।
मिरिन्डा मिसेस ट्यालेन्ट उपाधिको लागि सहभागिहरुले आप्mनो नृत्यकला, भाषणकला र गायनकला प्रस्तुत गरेको थिए । ट्यालेन्ट राउण्डका लागि नृत्य तर्फ पूर्व कै चर्चित नृत्य निर्देशक मनिकुमार राई, गायन तर्फ लोक गायकक डिल्ली फोम्वो र भाषणकला तर्फ पत्रकार तथा प्रशिक्षक देवेन्द्र कार्की निर्णायकको रुपमा रहेका थिए ।
मिसेस व्युटिफुल अवार्डको लागि भने निर्णायकहरुमा धरान डेन्टल क्लिनिकका प्रोपराइटर डा. नन्दन श्रेष्ठ, धरान फिटनेस क्लवका प्रो. कविरभगत प्रधानाङ्ग र डेजि नेल आर्टका प्रो. तथा मेकअप आर्टिस्ट तरुण राई रहेका थिए । उनीहरुले सहभागिहरुको फिटनेस, सान्ैदर्य र हेल्थ सम्वन्धी विषयमा चेकअप गरेका थिए । सुन्दर र स्वस्थ्य रहन के गरिरहेको छ भन्ने विषयमा उनीहरुवाट जानकारी लिएका थिए । यसैको आधारमा मिरिन्डा मिसेस ट्यालेन्ट र मिसेस व्युटिफुल अवार्डको उपाधि नतिजा निर्णायकहरुले निर्धारण गर्ने आयोजक वुमन वर्थ गु्रपका उपाध्यक्ष उमा ताम्रकारले बताइन ।
गृहणी तथा विवाहित महिलाहरुको क्षमता अभिवृद्धि, पहिचान र अवसर प्रदान गर्नको लागि आयोजित मिसेस स्टेट १ दोस्रो सिजनका उपाधि विजेता, फस्ट रनर अप र सेकेन्ड रनर अपले क्रमशः नगद एक लाख रुपैया, ५० हजार, २५ हजार रुपैया, क्राउन, ट्फि र गिप्mट ह्याम्पर प्राप्त गर्ने वुमन वर्थ गु्रपका कोषध्यक्ष रोजि ताम्रकारले बताइन । कार्यक्रमको ग्रान्ड फिनाले फागुन २४ गते महिला दिवसको दिन धरान ८ स्थित धरान सभागृहमा हुनेछ ।