धरान। श्रमिक महिलाहरूले भोग्दै आएका पीडालाई महिलाहरूले नाटकका रूपमा प्रस्तुत गरेका छन् ।
अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको अवसरमा शुक्रबार महिला सञ्जाल धरानले भानुचोकमा आयोजना गरेको कार्यक्रममा हातेमालो उद्यमी महिला समूह धरान–७ ले नाटक प्रदर्शन गरेको हो । नाटकमा ज्याला मजदुरी गरेर खाने महिलाहरूले पुरुषसरह गरेको कामको समेत असमान ज्याला पाउने गरेको विषय प्रस्तुत गरेका थिए ।
समाजमा सचेतनामूलक नाटक प्रदर्शन गर्दै आएको समूहले नाटकमार्फत् श्रमिक महिलालाई पुरुषसरह ज्यालाको माग ग¥यो । नाटकले महिलाहरू घरपरिवार, कार्यस्थलदेखि सामाजिक रूपमा पनि पीडित रहेको प्रस्तुत गर्यो । दर्शकहरूले महिला समूहले प्रदर्शन गरेको नाटक चाख मानेर हेरे । सोही कार्यक्रममा कवि कुन्ता शर्माले आफ्नो चर्चित कविता ‘पोथी बास्नु हुँदैन’ सुनाउँदा कार्यक्रममा उपस्थितहरूले ताली बजाए ।