अभिनेत्री नीता ढुङ्गाना अभिनित भोजुपरी फिल्म ‘शेर ए हिन्दुस्तान’ को गीत सार्वजनिक भएको छ ।
 
अभिक डोजन चटर्जी र प्रियङ्का सिंहको स्वर रहेको गीतमा सन्तोष पुरीको शब्द तथा मधुकर आनन्दको सङ्गीत रहेको छ ।
 
गीतको भिडियो नेपालमा नै छायाङ्कन गरिएको हो । यस फिल्ममा नीता र नरहुवाबाहेक आयुष रिजाल, सुनिल थापा, सन्तोष पहल्वान र अमृत कुमारलगायतको अभिनय रहेको छ । मनोज नारायणले निर्देशन गरेको फिल्म आउँदो होलीमा प्रदर्शनमा आउनेछ ।