इजिप्टमा आयोजना हुने अन्तर्राष्ट्रिय सौन्दर्य प्रतियोगिता ‘मिस इको इन्टरनेशनल २०१९’ मा नेपालको प्रतिनिधित्व गर्दै मूना गौचनले सहभागिता जनाएकी छन् ।
 
६० देशका इको सुन्दरीहरूको सहभागिता रहने प्रतियोगिताका लागि उनी गएकी हुन् । ग्रीन आर्ट मिडियाले ‘मिस इको इन्टरनेशनल नेपाल २०१९’ को प्रतिनिधि चयन गरेको थियो । यसअघि नेपालबाट प्रिन्सा श्रेष्ठ, नग्मा श्रेष्ठ, रोनाली अमात्य र मौनता लामाले भाग लिएका थिए ।