अहिले भारतीय रियालिटी शो ‘सा रे ग म प’ लिटिल च्याम्पमा नेपाली प्रतिस्पर्धी प्रितम आचार्य र आयुष केसीले तहल्का मच्चाइरहेका छन् । 
 
भारतमा चर्चा कमाइरहेका उनीहरूको विषयमा नेपालमा त्यति चर्चा हुन सकेको छैन । प्रितम र आयुषले निर्णायकहरूको तारिफ पाइरहेका छन् । एक समय भारतीय टिभी रियालिटी शो इण्डियन आइडलमा नेपालीमूलका भारतीय प्रशान्त तामाङ पुग्दा नेपालीहरू उनलाई जिताउन एकजुट भएर लागेका थिए ।
 
सामान्य पारिवारिक पृष्ठभूमिका आयुष र प्रितमलाई हौसला दिनेहरूको कमी भएको चर्चा चल्न थालेको छ । उनीहरूका फ्यानले नेपालीहरूलाई एकजुट भएर सहयोग गर्न अपिल गरेका छन् ।