पथरी / मोरङको बेलबारी १० स्थित पूर्व पश्चिम राजमार्गमा प्रेसर कुकर बम राखिए पछि सवारी आवत जावत अवरुद्ध बनेको छ । करिव २ बजे सडकको विचमा वम राखेर दुइ जना युवा भागेको बताइएको छ ।
चिसाङ खाेलादेखि किरव एक सय मिटर पश्चिम विच सडकमा कुकरमा रातो टेपले बाधिएर बम राखिए पछि सवारी आवतजावत बन्द भएको हाम्रो ब्लाष्टखवरकर्मी दिनेश सुब्बाले जानकारी दिए । बम डिस्पोस गर्न नेपाली सेनाको टोली घट्नास्थल तर्फ जादैं छ । बम राखेको स्थल प्रहरीले नियन्त्रणमा लिएको छ ।
पूर्व पश्चिम राजमार्गमा बम भेटियो, यातायात अवरुद्ध
प्रतिक्रिया ०
अहिलेसम्म कुनै प्रतिक्रिया छैन
यस समाचारमा पहिलो प्रतिक्रिया तपाईंकै होस्।































