विराटनगर / पाँचौ साफ च्याम्पियनसिप फुटबलमा बंगलादेशलाई हराउँदै नेपालले समुह विजेताको रुपमा सेमिफाईनलमा प्रवेश गरेको छ ।
विराटनगरस्थित सहिद रंगशालामा शनिबार भएको खेलमा बंगलादेशलाई ३–० ले हराउँदै नेपाल समुह विजेताको रुपमा समेमिफाइनलमा प्रवेश गरेको हो ।
समुह ‘ए’ मा नेपालले दुई खेलबाट ६ अंक जोड्यो र समुह विजेता बनेको हो । पराजित बंगलादेश उपविजेतामै सिमित बन्यो । जितसँगै नेपालले आइतबार हुने भारत र श्रीलंकाको पराजित भइ समूह ‘बी’ को उप बिजेतासँग खेल्नेछ । दुवै टोली एक खेल अगावै प्रतियोगिताको अन्तिम ४ मा प्रवेश गरिसकेका थिए । समुह चरणका दुवै खेलमा पराजित हुदै भुटान र माल्दिप्स यस अघि नै प्रतियोगिताबाट बाहिरिसकेको छ ।
नेपालले खेलको छैटौं मिनेटमा आत्मघाती गोलबाट अग्रता लिएको थियो । अनिता बस्नेतले प्रहार गरेको बल क्लियर गर्न खोज्दा बंगलादेशकी मसुरा पर्भिनले हेडमार्फत आफ्नै पोष्टमा गोल गरिन् ।
खेलको सुरुवातदेखि नै आक्रमक रुपमा मैदान उत्रिएको नेपालले खेलको २३ औं मिनेटमा सावित्राले डिबक्स भित्र बायाँ भागबाट उत्कृष्ट गोल गर्दै नेपालको अग्रता दोब्बर बनाइन् । उनले डिफेन्डरलाई छक्याएर किपरलाई पनि बिट गर्दै गोल गरेकी थिइन् । दोस्रो गोल गर्न सावित्रालाई डिफेन्डर हिरा कुमारी भूजेलले पास निकालि दिएकी थिइन् ।
निरन्तरको आक्रमण बुनेको नेपालले खेलको २८ औ मिनेटमा तेब्बर गोल ग¥यो । सावित्राको लामो पासमा मिड फिल्डर मञ्जली कुमारी योञ्जनले गोल गर्दै नेपाललाई ३–० को स्थितीमा पु¥याएकी थिईन् ।
डिफेन्स, मिडफिल्डर र फरवार्ड लाईनमा सुधारिएको खेल प्रर्दशन गरेको नेपालले दोस्रो हाफमा भने गोल थप्न सकेन ।
बंगलादेशले दोस्रो हाफमा सुधारिएको प्रर्दशन गरि पाएको केही उत्कृष्ट प्रहार बारमा लागेर फर्किन पुग्यो ।
पुजा रानाले महिला राष्ट्रिय फुटबल टिमबाट डेब्यु गरिन् । उनले बंगलादेशविरुद्वको खेलमा डेब्यु गरेकी हुन् । दोस्रो हाफको खेलमा उनी मनमायाको लिम्बुको स्थानमा मैदान छिरिन् । प्रतियोगिताको आइतबारको खेल साविक बिजेता भारत र श्रीलंका बिच हुनेछ ।