धरान/ अभिनेत्री तथा कार्यक्रम सञ्चालक रिमा विश्वकर्मा अभिनित नयाँ म्युजिक भिडियो ‘मायालु’ सार्वजनिक भएको छ ।  भिडियोमा उनलाई मोडल जीवन भट्टराईले साथ दिएका छन् ।
 
प्रदेशीको कथा बोल्ने म्युजिक भिडियोलाई प्रकाश धितालले निर्देशन गरेका हुन् । आरसी थापाको शब्द तथा सङ्गीत रहेको गीतमा गायक स्वरूपराज आचार्यले स्वर  भरेका छन् । 
 
भिडियोमा उत्सव दाहालले छायाङ्कन ,टेकेन्द्र शाहले सम्पादन गरेका छन् ।