इटहरी / रामधुनी नगरपालिका इटहरीमा जारी मेयरकप खेलकुद प्रतियोगिता अन्तर्गत फूटबलको फाइनलमा प्रवेश गरेको छ ।
बुधबार सम्पन्न पहिलो सेमिफाइनल खेलमा रामधुनीले दुहबी नगरपालिकालाई पेनाल्टी सुटआउटमा ४–१ गोल अन्तरले पराजित गर्दै उपाधी नजिक पुगेको हो । रामधुनीले अब उपाधीका लागी बिहिबार हुने धरान उपमहानगरपालिका र बराहक्षेत्र नगरपालिका बिचको बिजेतासँग शुक्रबार फाइनलमा प्रतिष्पर्धा गर्नेछ । ।
यसअघि निर्धारित समयमा दुबै टिमबाट दुइ–दुइ गोल भएपछी खेलको निर्णय पेनाल्टी सुटआउटबाट गरिएको हो ।
पेनाल्टीमा रामधुनीका अञ्जन लिम्बु, अनिष धामी, अजित चौधरी, र तिर्थ बस्नेतले गोल गरे । दुहबीका मनिष अधिकारीले मात्र गोल गर्दा कोमल खवास र शंकर चौधरीको प्रहार रामधुनीका गोलकिपर अभिषेक खड्काले बचाउ गरेका थिए । बुधबारको खेलको म्यानअफ द म्याच रामधुनीका गोलकिपर अभिषेक खड्का घोषित हुदै नगद २ हजार पाए । प्रतियोगिता अन्र्तगत बिहिबार अन्तिम सेमिफाइनल खेल धरान उपमहानगरपालिका र बराहक्षेत्र नगरपालिकाबिच हुने प्रतियोगिता संयोजक केशव कार्कीले बताए । सुनसरीका ६ वटा पालिका सहभागी फाइनल खेल शुक्रबार हुनेछ । उपाधी बिजेताले नगद १ लाख र उपबिजेताले ५० हजार पाउने छ ।