बलिउड अभिनेतृ ऐश्वर्या रायको अभिनय मात्र होइन सुन्दरताको पनि उत्तिकै चर्चा हुने गर्छ ।

विश्व सुन्दरीको ताज जितेकी उनी अहिले उमेरले ४३ नाघे पनि विभिन्न सर्वेक्षणमा आकर्षक महिलाको सूचीमा पर्छिन् । आमा बनिसक्दा पनि उनी फिट र सुन्दर रहनुको कारण उनको खानपान र जीवनशैली भएको भारतीय मिडियाहरूले उल्लेख गरेका छन् । ऐश्वर्या सन्तुलित खानपान गर्छिन् ।

नियमित व्यायाम गर्छिन् । त्यसैले यो उमेरमा पनि उनको छालाको चमक उत्तिकै तेज छ । उनी सकेसम्म प्राकृतिक सौन्दर्य प्रशाधन मै भर पर्छिन् । घरमै तयार गरिएको सौन्दर्य प्रशाधनले आफ्नो छालालाई चम्किलो, मुलायम र स्वस्थ्य बनाई राख्छन् । सम्भव भएसम्म घरेलु उपचार र प्राकृतिक उत्पादनमा जोड दिने गर्छिन् ।

उनी आफ्नो छालाको डेड स्किन हटाउनका लागि बेसन, दुध र बेसारको फेसप्याक तयार गर्छिन् । यसका साथै उनी घरमा आफैँ फेस मास्क र मोस्चराइजर बनाउँछिन् । उनी दहीलाई नेचुरल मोस्चराइजरको रूपमा र काँक्रालाई फेस मास्कको रूपमा प्रयोग गर्छिन् ।