इजिप्टको हुर्घादा शहरमा आयोजित ‘मिनी मोडल वल्र्ड २०१९’ को उपाधि नेपालकी ५ वर्षिया प्रिन्सा खड्काले जितेकी छन् । मार्च २१ देखि २८ सम्म टिभी स्टार्ट इन्टरनेशनल फेस्टिवलद्वारा आयोजित कार्यक्रममा उनले मिनी मोडल २०१९ का साथै उत्कृष्ट डान्सरको उपाधि पनि जितिन् ।
 
नेपालमा मर्निङ ग्लोरी इन्टरटेन्मेन्टले आयोजना गरेको मिनी लिटिल च्याम्प २०१९ को टाइटल जितेर अन्तर्राष्ट्रिय रूपमा नेपालको प्रतिनिधित्व गरेकी प्रिन्सा सहभागीमध्येकै सबैभन्दा कम उमेरकी भए पनि मिनीतर्फ मिनी मोडलका साथै उत्कृष्ट डान्सरको पनि उपाधि जित्न सफल भएकी हुन् ।
 
बालवाटिका इन्टरनेशनल स्कुलमा युकेजीमा पढ्ने प्रिन्सा अन्तर्राष्ट्रिय मिनी मोडलमा भाग लिन गत मार्च २० मा इजिप्ट गएकी थिइन् । मार्च २१ देखि २८ तारिखसम्म संसारभरका विभिन्न देशबाट १८ वर्षमुनिका ४५ जना सहभागी रहेको उक्त कार्यक्रम ८ दिनसम्म चलेको थियो । प्रिन्सा शनिबार नेपाल फर्किएकी हुन् ।