धरान / धरान उपमहानगरपालिका वडा नं ४ स्थित पत्रङ्गबारी सामुदायिक वन कार्यालयको मातहत रहेको लामेचौरी फुटवल खेल मैदान निर्माण निर्माण शुरु भएको छ ।
७÷७ जना फुटवल खेल्न मिल्ने मैदानलाई उपमहानगरको खेलकुद विकास समितिको ४ लाख बजेटबाट ९/९ जना सम्म खेल्न सकिने गरि स्तर उन्नती गरिएको समितिका संयोजक सुवास राईले जानकारी दिए ।
१०५ मिटर लम्बाई र ५५ मिटर चौडाई भएको मैदान बनाउन पश्चिम साइटबाट ४ फिट अग्लो वाल उठाउने काम भइरहेको छ । तर केही युवाहरुले ११/११ जना खेल्न मिल्ने मैदान बनाउन माग गदैं निर्माण कार्यमा अवरोध गरेका छन् । ११/११ जना खेल्ने मेदान बनाउन चौडाई थप १७ मिटर थप्नु पर्ने हुन्छ । तर वन क्षेत्रको सखुवाका भएकाले ४ भन्दा बढि रुख मास्नु पर्ने भएकाले वन बाट अवरोध आउने पत्रुङवारी सामुदायिक वन उपभोक्ता समितिका कार्यवहाक अध्यक्ष चन्द्रबहादुर आचार्यले जानकारी दिए ।
‘९÷९ जनाको मैदान भनेर शुरु गरिएको छ । यसलाई बढाउदा रुख मास्नु पर्ने हुन्छ । वन मासेर मैदान बढाउन उपयुक्त हुदैंन ।’–अध्यक्ष आचार्यले भने– ठूलो मैदानका लागि अन्यत्र विकल्प खोज्न सकिन्छ ।’
४ नं वडाका सदस्य धनबहादुर राईले ११ जना खेलाडी खेल्न सक्ने मैदान बनाउन चाहे पनि धेरै लाथ्रा काट्नु पर्ने भएकोले सम्भव नभएको बताए । हालको ५५ मिटर बाल लगाउदासमेत विचमा रुख परेका कारण बाल नै रुव बचाउदा बाङ्गो भएको छ । इलाका वन कार्यलयले रुखमा कुनै क्षति पुगे कारवाही गर्ने बताए पछि एक फुट भित्र पारेर बाल लगाइएको मैदान निर्माण समितिका अध्यक्ष गोपाल सुवेदीले बताए ।
स्थानीय युवाहरुले नगरको बजेटबाट मापदण्ड वमोजिमको फुटबल खेल मैदान नबनाएको आरोप लगाएका छन् । उनीहरुले जनभावना अनुसार ११ जना खेल्न मिल्ने गरी फुटबल मैदान बनाउन उपमहानगरपालिकासँग माग पनि गरेका छन् । आइतबार उनीहरुले खेलकुद समितिलाई निवेदन दिएको बताए पनि समितिका संयोजक सुवास राईले कुनै निवदेन नआएको बताए । केही व्यक्तिहरुले खेलमैदान नै नबनोस भनेर लागेको संयोजक राईले आरोप लगाए ।