भरौल/चौथो अन्तर्राष्ट्रिय आमन्त्रित भरौल गोल्डकपको उपाधि विदेशिएको छ । क्यामरुनको डाफिन्स क्लबले साविक विजेता रेडहर्ष इलामलाई ४–० गोल अन्तरले पराजित गर्दै उपाधि रक्षा गरेको हो ।
यो उपाधिसँगै क्यामरुनले यो सिजनमा छैठौं उपाधि जितेको छ । जडेज माविको खेल मैदानमा डाफिन्सले रेडहर्षमाथि दबाव कायम राख्दै जित आफ्नो पक्षमा पारेको हो । जितसँगै नगद ३ लाख रुपैयाँसहित ट्रफी जितेको छ । उपविजेता चित्त बुझाएको रेडहर्षले नगद एक लाख ५० हजार रुपैयाँसहित ट्रफी उचालेको छ ।
समाचार सहयाेगः दीपक पुरी