धरान/ चलेका धेरै कलाकार समेटिएको फिल्म ‘दाल भात तरकारी’ को ट्रेलर सार्वजनिक भएको छ । 
 
मह सञ्चार र किरण केसीको निर्माण रहेको फिल्म किरणकै छोरा सुदन केसीले निर्देशन गरेका छन् । फिल्ममा मदनकृष्ण श्रेष्ठ, हरिवंश आचार्य, निरुता सिंह, प्रियङ्का कार्की, पुष्प खड्का, वर्षा राउत, किरण केसी, शिवहरि पौडेल, राजाराम पौडेल, वसुन्धरा भुषाल, यमन श्रेष्ठ, मोहितवंश आचार्य, जयनन्द लामा, शिशिर बाङ्देल, विल्सनविक्रम राई, सुरेन्द्र केसीलगायतको अभिनय रहेको छ ।
फिल्मका निर्मातामा रमिला आचार्य, यमन श्रेष्ठ, नरेन्द्र कंसाकार, शिवहरि पौडेल, राजाराम पौडेल, दीर्घ गुरुङ, अनुरागमानसिंह कुँवर, शिशिर बाङ्देल, विल्सनविक्रम राई, दीपेन्द्र खनियाँ र सुमित मैनाली रहेका छन् । दीर्घ गुरुङको छायाङ्कन रहेको फिल्म बैसाख २० बाट प्रदर्शनमा आउँदै छ ।