धरान । गायक शिव परियारको नयाँ गीत ‘ह्याप्पी ह्याप्पी’ सार्वजनिक भएको छ ।
सुरेश वाग्लेको शब्द र हरि लम्सालको सङ्गीत रहेको गीतको भिडियोमा ‘कार्टुन क्रु’ का सरोज अधिकारी र आस्मा विकलगायतले अभिनय गरेका छन् । टेकेन्द्र साहको निर्देशन, कोरियोग्राफी र सम्पादन रहेको भिडियोको छायाङ्कन राम केसीले गरेका छन् ।