धरान / प्रदेश १ का दुई ठूला शहरहरुलाई संघीय सरकारले मेघा सिटीको रुपमा विकास गर्ने भएको छ । सरकारले हुलाकी राजमार्ग अन्तर्गत रहेका २७ वटा आधुनिक सहर विकास गर्ने योजनामा प्रदेश १ का विराटनगर र इटहरी परेका छन् ।
सुरक्षित तथा विकसित आवासका लागि सुविधा सम्पन्न सहर विकास गर्न सरकारले १ अर्ब ८५ करोडभन्दा बढी बजेट विनियोजन गरेको छ ।
राजमार्गमा ऐतिहासिक र सांस्कृतिक रूपमा महत्त्वपूर्ण सहर विकास र संरक्षण गरिने बुधबार सरकारका अर्थमन्त्री युवराज खतिवडाले सार्वजनिक गरेको बजेटमा उल्लेख छ । सरकारले १ सय ८५ नगरपालिकामा भौतिक पूर्वाधार विकास गर्ने भएको छ ।
विराटनगर, इटहरीसहित २७ वटा शहरहरुलाई मेगासिटीका रूपमा विकास गर्ने भएको हो ।