धरान/ तराई मधेशको समृद्धिसँग जोडिएको सडक पूर्वाधार विशेष कार्यक्रमका लागि सरकारले ४ अर्ब ४ करोड विनियोजन बजेट विनियोजन गरेको छ ।
धार्मिक र पर्यटकीय दृष्टिले महत्त्वपूर्ण ठाउँहरू देवघाट, चतरा र रामायण सर्किट अन्तर्गत निर्माणाधीन सडकको निर्माण तथा स्तरोन्नतीका लागि उक्त बजेट छ्ट्याइएको हो । सरकारले सुनसरीको रामधुनी–जनकपुर–अयोद्धासम्मलाई रामयण सर्किटको रुपमा धार्मिक सडक निर्माणको योजना अघि सारेको थियो । उक्त क्षेत्रको सडक स्तरोन्नती तथा पुनर्स्थापन कार्यक्रमका लागि ।१० अर्ब ९७ करोड विनियोजन गरेको छ ।
बुधबार सरकारका अर्थमन्त्री युवराज खतिवडाले चतरा, रामधुनी, जनकपुर, दवघाटलगायत क्षेत्रको विकासका लागि सरकारले निरन्तरता दिएको बताए । सडक क्षेत्र विकास आयोजनाका लागि रु २ अर्ब १५ करोड विनियोजन गरेको उनले जानकारी दिएका छन् ।