Blast Khabar
  • गृहपृष्ठ
  • निर्वाचन खबर
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • खेलकुद
  • स्वास्थ्य
  • अपराध
  • छापा समाचार
थप विभाग
  • छापा संस्करण
  • अर्थ
  • बिचार
  • सम्पादकीय
  • विशेष
  • अन्तर्राष्ट्रिय / प्रवास
  • अन्तरवार्ता
  • संस्कृति
  • साहित्य
  • ब्लग/रिभ्यु
  • राशिफल
इपेपर विज्ञापन
Blast Khabar
सर्वाधिक लोकप्रिय, निर्भीक, निष्पक्ष र पारदर्शी
  • गृहपृष्ठ
  • निर्वाचन खबर
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • खेलकुद
  • स्वास्थ्य
  • अपराध
  • छापा समाचार
  • छापा संस्करण
  • अर्थ
  • बिचार
  • सम्पादकीय
  • विशेष
  • अन्तर्राष्ट्रिय / प्रवास
  • अन्तरवार्ता
  • संस्कृति
  • साहित्य
  • ब्लग/रिभ्यु
  • राशिफल
  • Home
  • अर्थ
  • हात्ती प्रभावित क्षेत्रमा रबरखेती

हात्ती प्रभावित क्षेत्रमा रबरखेती

alt
  • भदौ ३, २०७६
  • रासस

 पूर्वोत्तर झापाका सर्वसाधारणलाई अझै पनि जङ्गली हात्तीको त्रास छ । भारतबाट प्रवेश गर्ने हात्ती नियन्त्रण गर्न विश्व बैंकको सहयोगमा नेपाल सरकारले हात्ती प्रवेश गर्ने गौँडामा विद्युतीय तारबार गरे पनि जङ्गली हात्ती रोक्न सकिएको छैन । जङ्गली हात्तीकै कारण झापा बुद्धशान्ति गाउँपालिकाका सीताराम बाँस्तोलाले लामो समयसम्म सिजनमा लगाएको बाली भित्र्याउन पाएनन् ।

धानको सिजनमा धान, मकैको सिजनमा मकै थन्क्याउने बेलामा हात्तीसहित अन्य जङ्गली जनावरले खाएर सखाप बनाएका कारण उनले विकल्पको बाटो रबरखेती रोजे । जङ्गलको नजिकै घर भएका सीतारामको खेतबारीमा लगाएको बाली वर्षेनी जङ्गली जनावर हात्ती, मृग, हरिण, बँदेलजस्ता जनावरले नष्ट गरिदिन थालेपछि बाँस्तोलाले बाली परिवर्तन गर्दै विकल्पका रुपमा रुखजन्य रबरखेती शुरु गरे । बाँस्तोलाले भने, “विगत १५ वर्षदेखि रबरखेती गर्दै आएको छु, अहिले कुनै चिन्ता छैन, रबरबाट मनग्य आम्दानी हुँदैछ ।” बहुपयोग रुखजन्य खेतीका रुपमा रहेको रबरले विरुवा लगाएको पाँच/छ वर्षदेखि मात्रै उत्पादन दिने उनले बताए ।

गाउँपालिकाका अगुवा कृषकका रूपमा चिनिनुभएका बाँस्तोलाले रबरखेती गरेको ठाउँमा हात्ती तथा अन्य जङ्गली जनावर पनि खासै नआउने गरेको जानकारी दिए । रबरलाई खेतीका रूपमा अपनाउने कृषकका आ–आफ्नै प्रभाव र अनुभव छन् ।

वैदेशिक रोजगारीमा रहेका स्थानीय चन्द्र अधिकारीले पनि दुवईबाटै श्रीमतीलाई फोन गरेर आफ्नो बाँझो रहेको जमीनमा रबरखेती लगाउन सल्लाह दिए । वैदेशिक रोजगारी रहेका बेला विसं २०७० मा दुवईमा आफ्नै साथीहरुबीच झगडा हुँदा सुनेको वाक्यले उनलाई रबरखेतीतर्फ प्रेरित गर्यो । “गए त्यही दुई बोट रबर त जान्छ नि, म खानले मर्दिनँ, गाउँमा टन्न रबर लगाएको छु”, साथी–साथी झगडा गर्दा सुनेको थिएँ”, अधिकारीले भने, “पछि उनै साथीहरुसँग सल्लाह लिएर आफ्नो पनि गाउँको बाँझो जमीनमा रबर रोप्न श्रीमतीलाई विदेशबाटै सल्लाह दिएँ, श्रीमतीले रबर रोप्न शुरु गरिन् पछि म आएर सबै जमीनमा रबर लगाएँ, अहिले मलाई कुनै चिन्ता छैन ।”

साना किसान प्राकृतिक रबर उत्पादक सङ्घ नेपालका महासचिवसमेत रहनुभएका अधिकारीका अनुसार अलैँची र सुपारीपछि रुखजन्य वस्तुमा बढी आम्दानी दिने रबर नै हो । स्थानीय दीपेन्द्र बाँस्तोला रबर कृषकका साथै ठेकेदारको काम पनि आफैँ गर्नुहुन्छ ।

उनले आफ्ना बारीमा लगाएको रबरका साथै स्थानीय आदर्श नमूना सामुदायिक वनको १० हेक्टर जमीनमा लगाएको रबरबाट उत्पादित काँचो चोप खरीद गरी प्रशोधन गरेर बिक्री गर्दै आएका छन् । प्रतिकेजी रु ५३ मा खरीद गरेको काँचो चोप प्रशोधन गरेपछि रु २१० देखि २२० सम्ममा बिक्री हुने गरेको उनको भनाइ छ ।

सरकारले ध्यान दिए रबरखेतीबाट किसानले प्रशस्त आम्दानी गर्न सक्ने रबरको अनुसन्धानकर्ता तेजनाथ दाहालले बताए । उनले रबरखेतीबाट साना किसानले पनि वार्षिक न्यूनतम रु छ लाखदेखि अधिकतम रु २० लाखसम्म आम्दानी गर्न सक्ने बताए ।

झापाको पूरै जमीनमा रबरखेती लगाए पनि माग थेग्न नसक्ने दाहालको भनाइ छ । सरकारले पछिल्लो समय झापालाई रबरजोन घोषणा गरेको छ । हाल झापाको मेचीनगर, भद्रपुर, अर्जुनधारा, कनकाई, गौरादह र दमक नगरपालिका तथा बुद्धशान्ति, घेराबारी, कचनकवल, बाह्रदशी गाउँपालिकाका केही भागमा व्यावसायिक रबरखेती शुरु गरिएको छ । यी क्षेत्रमा कतै सामूहिक रुपमा र कतै व्यक्तिगतरूपमै रबरखेतीको शुरुआत गरिएको छ ।

गोरखकाली रबर उद्योग विसं २०४१ मा स्थापना भएसँगै झापामा विसं २०४८ बाट व्यावसायिक रबरखेती शुरु गरिएको बताइन्छ । साना किसान प्राकृतिक रबर उत्पादक सङ्घ नेपालको तथ्याङ्कअनुसार अहिले झापामा २८० हेक्टर क्षेत्रफलमा रबरखेती गरिएको छ । अनुसन्धानकर्ता दाहालका अनुसार पूर्वका झापासहित इलाम र मोरङमा पनि रबरको व्यावसायिक खेती शुरु गरिएको छ । 

सम्बन्धित समाचार
आज हरिशयनी एकादशी: तुलसीको बिरुवा सारिँदै

काठमाडौँ । प्रत्येक वर्ष आषाढ शुक्ल एकादशीका दिन घर–घरमा तुलसीको बिरुव ...

आजको मौसमः एक–दुई स्थानमा भारी वर्षाको सम्भावना

काठमाडौँ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल ...

एडिबीको सहयोगमा धरानको ६ अर्बको खानेपानी आयोजना अघि बढ्यो

विजयपुर । धरान उपमहानगरपालिकाको दीर्घकालीन खानेपानी समस्या समाधान गर्ने उद् ...

छापा संस्करण [ePaper]
  • भर्खरै
  • लाेकप्रिय
भर्खरै
लोकप्रिय
आज हरिशयनी एकादशी: तुलसीको बिरुवा सारिँदै
साउन ९, २०८३
आजको मौसमः एक–दुई स्थानमा भारी वर्षाको सम्भावना
साउन ९, २०८३
एडिबीको सहयोगमा धरानको ६ अर्बको खानेपानी आयोजना अघि बढ्यो
साउन ८, २०८३
धरान–६ मा मोटरसाइकल दुर्घटना: चालकको घटनास्थलमै मृत्यु
साउन ८, २०८३
सुनचाँदीको मूल्य घट्यो
साउन ८, २०८३
अनलाइन सट्टेबाजीका दुई लाख ‘एप’ बन्द
साउन ८, २०८३
काली मन्दिरको अतिक्रमित जग्गा र भवन खाली गराइयो
साउन ८, २०८३
फलोअपः सुम्निमा–पारुहाङ प्रतिमामा स्वार्थको खेल
साउन ८, २०८३
वर्षा र पहिरोले एक दर्जन सडक प्रभावित, नौ राजमार्ग पूर्ण रूपमा अवरुद्ध
साउन ८, २०८३
मनसुनी प्रभाव कायम, केही स्थानमा भारी वर्षाको सम्भावना
साउन ८, २०८३
ब्राउन सुगरसहित चार जना पक्राउ
साउन ७, २०८३
दमकमा तीन सवारी एकापसमा ठोक्किँदा एकको मृत्यु
साउन ७, २०८३
पेस्की असुलीमा कडाइ गर्दै प्रदेश खेलकुद विकास बोर्ड
साउन ७, २०८३
प्यान कार्ड बनाउन राजस्वमा सुकुम्बासीको भीड
साउन ७, २०८३
धरानमा ३३ करोडको आँप व्यापार
साउन ७, २०८३
आज हरिशयनी एकादशी: तुलसीको बिरुवा सारिँदै
साउन ९, २०८३
आजको मौसमः एक–दुई स्थानमा भारी वर्षाको सम्भावना
साउन ९, २०८३
एडिबीको सहयोगमा धरानको ६ अर्बको खानेपानी आयोजना अघि बढ्यो
साउन ८, २०८३
धरान–६ मा मोटरसाइकल दुर्घटना: चालकको घटनास्थलमै मृत्यु
साउन ८, २०८३
सुनचाँदीको मूल्य घट्यो
साउन ८, २०८३
अनलाइन सट्टेबाजीका दुई लाख ‘एप’ बन्द
साउन ८, २०८३
काली मन्दिरको अतिक्रमित जग्गा र भवन खाली गराइयो
साउन ८, २०८३
फलोअपः सुम्निमा–पारुहाङ प्रतिमामा स्वार्थको खेल
साउन ८, २०८३
वर्षा र पहिरोले एक दर्जन सडक प्रभावित, नौ राजमार्ग पूर्ण रूपमा अवरुद्ध
साउन ८, २०८३
मनसुनी प्रभाव कायम, केही स्थानमा भारी वर्षाको सम्भावना
साउन ८, २०८३
ब्राउन सुगरसहित चार जना पक्राउ
साउन ७, २०८३
दमकमा तीन सवारी एकापसमा ठोक्किँदा एकको मृत्यु
साउन ७, २०८३
पेस्की असुलीमा कडाइ गर्दै प्रदेश खेलकुद विकास बोर्ड
साउन ७, २०८३
प्यान कार्ड बनाउन राजस्वमा सुकुम्बासीको भीड
साउन ७, २०८३
धरानमा ३३ करोडको आँप व्यापार
साउन ७, २०८३
भर्खरै
लोकप्रिय
कुलमानलाई हटाइएको विरोधमा धरानमा प्रदर्शन
चैत १२, २०८१
अन्तर्घातले हैन सहयोग गरे मात्र नेता भइन्छ – पूर्व मन्त्री कार्की
जेठ २८, २०८०
स्वस्थ खानपान र जीवनशैलीले मुटु रोगबाट बँच्न सकिन्छ
असोज ८, २०७३
टिप्पणी: नेताको बोलीको बेटुङ्गो
मंसिर १०, २०८१
बालबालिकाद्वारा प्रतिभा प्रदर्शन
असार १८, २०८२
हङकङमा छैटाैं मर्स्याङ्दी नाईट हुने
कार्तिक २५, २०८१
नमस्ते भन्ने कि नमस्कार ?
पुस ७, २०७६
वडाध्यक्षलाई कार्यवाहक विवादः उच्च अदालतमा रिट दर्ता, आजै सुनुवाइ
कार्तिक ४, २०८१
इटहरीमा यौनधन्दाः भारतीय ग्राहकसहित १२ पक्राउ
मंसिर २५, २०७५
एसईई आइडलमा खिना, रोहन र मिसु विजेता
असार ६, २०८२
‘संविधान संशोधनका लागि वर्कआउट हुँदैछ’
पुस २२, २०८१
टिकटकको नयाँ फिचर्स सेवा सुरु
वैशाख २२, २०८२
दुर्गा प्रसाईंलाई साढे सात वर्ष जेल सजाय माग
मंसिर २७, २०८१
धरान राजधानी हुने भो !
फागुन ५, २०७५
राष्ट्रियसभाको अध्यक्षमा दाहाल निर्वाचित
फागुन २९, २०८०
कुलमानलाई हटाइएको विरोधमा धरानमा प्रदर्शन
चैत १२, २०८१
अन्तर्घातले हैन सहयोग गरे मात्र नेता भइन्छ – पूर्व मन्त्री कार्की
जेठ २८, २०८०
स्वस्थ खानपान र जीवनशैलीले मुटु रोगबाट बँच्न सकिन्छ
असोज ८, २०७३
टिप्पणी: नेताको बोलीको बेटुङ्गो
मंसिर १०, २०८१
बालबालिकाद्वारा प्रतिभा प्रदर्शन
असार १८, २०८२
हङकङमा छैटाैं मर्स्याङ्दी नाईट हुने
कार्तिक २५, २०८१
नमस्ते भन्ने कि नमस्कार ?
पुस ७, २०७६
वडाध्यक्षलाई कार्यवाहक विवादः उच्च अदालतमा रिट दर्ता, आजै सुनुवाइ
कार्तिक ४, २०८१
इटहरीमा यौनधन्दाः भारतीय ग्राहकसहित १२ पक्राउ
मंसिर २५, २०७५
एसईई आइडलमा खिना, रोहन र मिसु विजेता
असार ६, २०८२
‘संविधान संशोधनका लागि वर्कआउट हुँदैछ’
पुस २२, २०८१
टिकटकको नयाँ फिचर्स सेवा सुरु
वैशाख २२, २०८२
दुर्गा प्रसाईंलाई साढे सात वर्ष जेल सजाय माग
मंसिर २७, २०८१
धरान राजधानी हुने भो !
फागुन ५, २०७५
राष्ट्रियसभाको अध्यक्षमा दाहाल निर्वाचित
फागुन २९, २०८०
Blast Khabar
Blast Khabar ब्लाष्ट खबर

यो वेवसाइट ब्लाष्ट राष्ट्रिय दैनिकको आधिकारिक न्यूज पोर्टल हो। नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल तथा जीवनका विभिन्न पक्षहरू समेटेको छ।

समाचार
  • गृहपृष्ठ
  • राजनीति
  • राष्ट्रिय
  • समाचार
  • खेलकुद
  • स्वास्थ्य
  • अपराध
  • अर्थ
  • पर्यटन
थप
  • बिचार
  • सम्पादकीय
  • विशेष
  • अन्तर्राष्ट्रिय
  • अन्तरवार्ता
  • संस्कृति
  • साहित्य
  • राशिफल
  • छापा संस्करण
सम्पर्क
ठेगाना धरान-८, औद्योगिक क्षेत्र, सुनसरी
फोन रिसेप्सन: ०२५-५७५४५८
समाचार: ०२५-५३८४३५
विज्ञापन: ०२५-५३८४१४
इमेल [email protected]
विज्ञापनको लागि सम्पर्क

© 2026 Blastkhabar.com — सर्वाधिकार सुरक्षित।
हाम्रोबारे सम्पर्क