देउराली । धरानमा घरभित्रै पसेर सुन चाेरी गर्ने दुई चाेर पक्राउ परेका छन् । 

धरान उपमाहानगरपालिका ५  देउरालीबाट बर्ष ३३ को नरवती राईकाे घरबाट सुन चाेरी गर्ने साेहि वाडाका बर्ष ३६ को सुर्य बहादुर बिश्वकर्मा र  बस्ने बर्ष ३३ को भक्त बहादुर बिश्वकर्मा पक्राउ परेका छन् । उनिहरूले राइकाे घर भित्र पसेर  जन्तर १ थान, तिलहती १ थान, सुनको जुनतारा १ थान, ब्रासलेट १ थान, औठी १ थान, पिजडा १ जोर, बेरुवा औठी १ थान समेत जम्मा तौल ३ तोला ५ आनी २ लालको मुल्य रु.२,३८,५७८।- र चादिका गहना ब्रासलेट २ तान, सिक्री १ थान मुल्य रु.५,९५५।- पर्ने गरगहान चाेरी गरेकाे इलाका प्रहरी कार्यालय धरानले जनाएकाे छ ।

मंगलबार राती करीब १० बजे  राई आफ्नो घरमा छोरा सुताई काम विशेषले केही समयको लागी छिमेकीको घरमा गई फर्कि आउदा सुर्य बहादुर र  भक्त बहादुर आफ्नो घरबाट निस्कदै गरेकाे अवस्थामा पफेला पारेकी राईले घरभित्र किन छिरेकाे भन्ने प्रस्न गर्दा त्यहाँबाट भागेले घरमा चाेरी भएकाे शकांमा  भित्र गई हेर्दा घरकोठामा रहेको दराजमा राखेको सुनका गहना नभएपछि राइले घटनाकाे प्रहरीलाई खबरगरेकाे कार्यालयले बताएकाे छ ।

सुचना पाएपछि  सुर्य बहादुर  र भक्त बहादुरकाे  शरिर खानतलासी गर्दा उक्त गरगहना फेला परेकाेपछि उनि दुवैलाई पक्राउ गरी चोरी मुद्दामा सम्मानित सुनसरी जिल्ला अदालतबाट थुनाम राख्न म्याद थप अनुमती लिई थप अनुसन्धान कार्य भैरहेको कार्यालयले जनाएकाे छ ।

साथै नजिकिदै गरेको चार्ड पर्वमा चोरी हुने सम्भावना बढ्ने भएको हुदा आफ्नो घरको झ्याल ढोका तथा घर भित्र दराज लगायतमा राम्रो संग बन्द गरी ताला लगाई सुरक्षित गरी घरबाट बाहिर जाना हुन, रातको समयमा घरको झ्यालढोका राम्रो संग लगाई सुत्न हुन, लामो समय घरबाट बाहिर जाँदा प्रहरीलाई सुचना दिई जान हुन, तथा आफ्नो धनमालको सुरक्षामा संबेदनसिल हुन र शंखा लागेका ब्यक्ती घर गाउँमा देखा परे प्रहरीलाई सुचना दिन हुन समेत सर्वसाधारणलाई  कार्यालयले  अनुरोध  गरेकाे  छ ।