सुनसरी/इटहरीका विकास गूरुङले एक नम्वर प्रदेश स्तरीय स्नोकर प्रतियोगिताको उपाधि जितेका छन् ।
विहीबार साँझ सम्पन्न प्रतियोगिताको फाइनल खेलमा धरानका बालकुमार लिम्बुलाई ६–४ फ्रेमले हराउदै गुरुगंले उपाधि जित्दै नगद ४० हजार रुपैयाँ पाए । दोस्रो बनेका बालकुमार २० हजार रुपैयाँ नगद जिते । इटहरीमा सञ्चालित सीटी हेल्थ क्लब एण्ड स्नोकर हाउसको आयोजनामा सम्पन्न तेश्रो प्रदेशस्तरीय स्नोकरमा सेमिफाइनलका प्रतिस्पर्धीहरु सरोज राई र उत्सव लिम्बुले नगद १०–१० हजार रुपैयाँ प्राप्त गरे । विजयी खेलाडीहरुलाई आयोजक संस्थाका राम कार्की एवम् आयोजकले तथा हिरा महतो ,राजु थापा लगायतले नगद तथा शिल्ड प्रमाण पत्र वितरण गरेका थिए ।