भोजपुर / कुटपिट बाट छिमेकीको मृत्यु भए पछि भोजपुर नगरपालिका १० भैसी पंखाका शंखराज भनिने श्रीकृष्ण राईलाई प्रहरीले पक्राउ गरेको छ । भैसी पंखा स्थित जिमि गाउँका स्थानीय ६३ वर्षीय दलबहादुर राईको मृत्यु भए पछि उनलाई पक्राउ गरिएको हो । मृतक राई माथी बुधबार आफ्नै घरको सिकुवामा आराम गर्दै बसिरहेका बेला कुटपिट भएको मृतकका परिवारले बताएका छन् । बाथ रोगका विरामीसमेत रहेका दलबहादुरलाई मादक पदार्थ सेवन गरि श्रीकृष्णले आँखाको डिलमा मुक्का प्रहार गरेका थिए । मुक्का प्रहार पछि झारफुक गराई रहेका राईको शुक्रबार मृत्य भए पछि आज श्रीकृष्णलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय भोजपुरका प्रहरी नायव उपरिक्षक नरबहादुर सलामी मगरले बताए । उनीहरु विच एक बोतल रक्सी किनेर मिलापत्रसमेत भएको थियो । पक्राउ परेका राईलाई हिरासतमा राखेर थप अनुसन्धान भैरहेको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ ।