संखुवासभा / संखुवासभाको भाेटखाेला-२ लिङगाममा ५ केेेजी सुनसहित एक जना युवालाई प्रहरीले पक्राउ गरेकाे छ ।  खाँदबारी १ बस्ने २६ बर्षीय ताेप्चेन भाेटेलाई  प्रहरीले पक्राउ गरेकाे हाे । उसकाे साथबाट नगद ३८ हजार रूपैया समेत प्रहरीले बरामद गरेकाे छ ।

 साेमबार चेपुवा प्रहरी चाैकिबाट खटिएका प्रहरीले चेकजाँच गर्ने क्रममा नियन्त्रणमा लिएकाे थियाे । किमामाथांका नाकाकबाट  सुन भित्राएकाे प्रहरीले जनाएकाे छ ।