धरान /  धरान – ५ र १७ मा फौजी किराको प्रकोपले कृषकहरुले लगाएको मकै, धान र तरकारी बाली सखाप बनाए पछि कृषक मारमा परेका छन् । मकैको डाक्ला मात्र रहने, धानको वाला नै चुडाइदिने समस्याले ८० प्रतिशत भन्दखा बढि नष्ट भएको पीडित कृषकहरुले गुनासो गरेका छन् ।
वडा नं ५ का कृषक शुक्रबहादुर सम्बाहाम्फेले लगाएको ५ कठ्ठा खेतको पाकेको धान सखाप भएको बताए । १२ मुरीसम्म धान भित्राउदैं आएका शुक्रबहादुरको यो बर्ष ६ मुरी पनि नहुने गुनासो गरे । ‘खेती किसानी नै छाड्नु पर्ने अवस्था आएको छ । बर्ष भरी खाने धानको बाला छैनन् । कसरी जिविका गर्ने ।’–शुक्रबहादुरले भने ।
उनी मात्र होइन स्थानीय अर्जुन राई, सुकराम लिम्बु, डम्बर कार्की, पुष्प कार्की, चन्द्रमाया कार्की, प्रसाद जिमीलगायतकोे पाकेको धान ५० प्रतिशत भन्दा बढि नष्ट गरेको छ ।
थन्काउने बेला भएको धान र मकैमा फौजी कीराले नष्ट गरेपछि धरान उपमहानगरको कृषक पकट क्षेत्रका कृषकहरु यति बेला चिन्तित बनेका छन् । दुई महिना अघिदेखि यस्तो समस्या आएको उनीहरुको भनाई छ ।
धरानको १७ नंं वडाको पटनालीमा करिव करिव १ सय विगाहा जमिनमा लगाएको मकैको सुत्ला लाग्ने बेलामा किराले बोटै सखाप पारेको कृषकले बताएका छन् । स्थानीय मणी राईले १४ कठ्ठा जमिनमा लगाएको मकै, दाल, भटमास, लट्टेमा फौजी किराले सखाप बनाएको छ । धरान–५ स्थित ठिंगावारीमा पाकेको धानको चुडाई दिएर ध्वस्त बनाएको छ । ठिंगाबारीमा गोरकनाथ, रञ्जित मुस्ली, कमल १०१, मिथिला, गरिमा, महिमालगायतका जातको धान बाली लगाउदैं आएका छन् ।
धरानमा वडा नंं ४, ५, ६, १७ र २० कृषी पकेट क्षेत्र पर्दछन् । सबै वडाहरुमा प्रकोप देखिएको भए पनि ५ र १७ मा बढि समस्या देखिएको धरान उपमहानगर कृषी विभागका शाखा अधिकृत नगेन्द्र तामाङले जानकारी दिए ।

कृषी विज्ञसहितको उपमहानगरको टोली प्रकोप क्षेत्रमा

manju 1
५ र १७ नं. का कृषकहरुले उपमहानगरमा फौजी किराको प्रकोप नियन्त्रणका लागि उपमहानगरमा निवेदन दिए पछि बुधबार कार्यवहाक मेयर मञ्जु भण्डारी, क्षेत्रीय कृषी अनुसन्धान केन्द्र तराहराका किट बैज्ञानिक किशोर भण्डारी, बाली बैज्ञानिक सन्तोषराज त्रिपाठी, उपहानगर आर्थिक समितिका संयोजक गौरिशंकर अग्रावाल, कृषी शाखाका अधिकृत नगेन्द्र तामाङ, ६ नं. वडा अध्यक्ष भूवनसिंह बस्नेत, पत्रकारलगायतको टोलीले प्रकोप क्षेत्रमा पुगी जानकारी लिएको थियो ।
किरा विज्ञ किशोर भण्डारीका अनुसार धरान–५ मा धान बालीमा रैथाने फौजी किराको प्रकोप र १७ नं. मा अमेरिकन फौजी किराको प्रकोप देखिएकोे बताए । ५ नंं वडाको धानबालीमा मिथिम्नासेपाराटा प्रजातिको रैथाने फौजी किराले बाली नष्ट गरेको पाइएको उनले बताए । समुहमा आएर बाली नष्ट गर्ने भएकाले यसलाई फौजी किरा भनिदैं आएको छ । फौजी कीरा दिनभर झार, धाँजा फाँटेको खेतमा लुक्ने भए पनि राति बाहिर निस्किएर धानको बाला काट्ने गरेको पाइएको छ ।
किरा विज्ञकाम अनुसार एउटा पोथी फौजी कीराले एकै पटकमा ५ सय देखि एक हजार फुल पार्ने गर्दछ । एक साताभित्र फुलबाट लार्भा निस्कने हुँदा छिटो फैलने गर्दछ । यी कीराको जीवनचक्र ३० दिनको हुने गर्छ । लार्भाको अवस्थामा बढि खन्चुवा अवस्था भएकाले त्यो बेला बालीलाई बढि क्षेति गर्ने गर्छ ।
यता १७ नं. वडामा मकै बालीमा भने अमेरिकन फौजी किराको प्रकोप देखिएको किट बैज्ञानिक भण्डारीले बताए । यो किरा गत बैशाखमा दक्षिण अमेरिककाबाट नेपाल भित्रिएकोहो । स्पोडोक्टेटाफ्रुजीपडा प्रजातीको किराले पात सबै खाईदिने र बालीको डाट मात्र बाकी राख्छ । उक्त क्षेत्रको स्थलगत अवलोकन गरि क्षेत्रीय अनुसन्धान केन्द्रले अनुसन्धान थालेको छ ।
दिउसो झारमा लुक्ने र राती बाली खान निस्कने भएकाले यसलाई नियन्त्रण गर्न गाउँमा अभियानै चलाउनु पर्ने विज्ञ भण्डारीले बताए । पाकेको धानलाई सकेसम्म छिटो थन्काउन कृषी विज्ञहरुको सुझाव रहेको छ ।
धरान उपमहानगरकी कार्यवहाक प्रमुख मञ्जु भण्डारीले तत्काल कृषकको क्षतिको विवरण लिएर उनीहरुलाई राहत तथा किरा मार्न अभियान संचालन गर्न कृषी शाखालाई निर्देशन दिएकी छन् । उनले कृषकलाई समस्या समाधानका लागि उपमहानगरले सहयोग गर्नेसमेत कृषकलाई आश्वासन दिइन । ‘कृषकको समस्याबारे हामी चिन्तित भएका छौं । तत्काल उपमहानगरले राहत तथा किरा मानृका लागि औषधीको व्यवस्था गर्ने छ ।’–कार्यवहाक मेयर भण्डारीले भनिन ।

बचाउने उपाय

  • खेतबारीमा ८० प्रतिशत पाकी सकेको भए काटेर सुरक्षित स्थलमा भण्डारण गर्नु पर्छ ।
  • हरियै अवस्थामा भए वा नपाकेको अवस्था भए खेतमा पानी पटाएर (जमाएर) मट्टितेल हाल्दा किरा मर्छन ।
  • पानी अभाव भए दुई तीन मिटरको फरकमा १ फिट गहिरो खाडल खनेर चुनासहित घाँस पतिंगर हालेर विषादी प्रयोग गर्नु पर्छ ।
  • यि किरा मार्न सिंगो गाउँमा नै एकैचोटी अभियान चलाउनु पर्छ ।

 

 

kira_prakop