सिरहा / यति बेला सिरहाको मिर्चैया नगरपालिका वडा नम्बर १० महेशपुर गाउँका रामनरायण पण्डितलाई माटाका भाँडाकुडा बनाउन भ्याइ नभ्याइ छ । छोरा,छोरी, भाई, आमा, बुवासहित उनको परिवार नै छठका लागि माटाका हात्ती, गाग्री, कोसियालगायत सामान बनाउन व्यस्थ छन् ।
कमाउने सिजन नै यही भएकाले स–परिवार व्यस्त बनेको पण्डित बताउँछन् । उनका अनुसार छठका लागि आवश्यक पर्ने हात्ती, पालासहित करिब २ हजार सेट सामान बनाउने उनल ेबताए । अहिले सम्ममा ६ सय सेट सामान बनाएका छन ।
उनको घरआँगन यति बेला माटाका भाँडाकुडाले भरिएको छ । पालालगायतका भाँडाकुडा घाममा सुकाउन राखिएकाले आँगन पस्न पनि समस्या हुन्छ । घरभित्र पनि भाडावर्तनकै चाङ लागेको छ । अहिले छठ पर्वको लागि सामानहरु बिक्रीका लागि बजार लैजाने उनको योजना छ । विगतमा यस्ता सामान अत्याधिक माग हुने भए पनि आजभोली यसको माग घटेको उनले सुनाए ।
प्लास्टिक र विद्युतीय सामग्रीका कारण माटाका सामानको माग घटेको उनको भनाइ छ । ‘माटाका भाँडाकुडा बनाएर बेच्नु हाम्रो पुख्र्याैली पेसा हो’, उनी भन्छन, ‘तर, प्लास्टिकका सामान आइसकेपछि पेसा नै संकटमा परेको छ ।

75299964_2603561756371196_2142521818311819264_n