धरान / हुण्डी कारोवारमा संलग्न एक भारतीयसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । विराटनगर –१५ स्थित भन्सार कार्यालयको अगाडिको वाटोमा हुण्डी कारोबार गर्ने मानिसहरू को ३९ प ७३९६ नं। को मोटरसाइकल प्रयोग गरी अबैध नगद रूपैयाको ओसारपसार गरिरहेको छ भनी प्राप्त गोप्य सूचनाको आधारमा प्रहरी टोलीले भारतबाट नेपालतर्फ आएका को ३९ प ७३९६ नं। को मोटरसाइकल रोकेर चेकजाँचको क्रममा उनीहरुलाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा विराटनगर – १४ ओमसाइराम टोलका ३० बर्षीय ज्योतिकुमार साह र सोही मोटरसाइकलमा पछाडी सवार रहेका भारत अररिया वडा नं। १७ जोगवनी साँहुटोल बस्ने वर्ष १९ को विक्कीकुमार साहलाई ७ लाखसहित नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।
चालक ज्योतिकुमार साहको साथबाट चार लाख रूपैया र सोही मोटरसाइकलमा पछाडी सवार रहेका विक्कीकुमार साहको साथबाट तीन लाख नगद बरामद भएको हो । निजहरूलाई तत्कालै उक्त घटनास्थलमा प्रहरीले सोधपुछ गर्दा उक्त रकम भारत अररिया जिल्ला जोगवनी बजारबाट एक जना व्यक्तिले हुण्डि कारोवार अन्तर्गत पठाएको र यसरी पठाएको रकम सम्वन्धित व्यक्तिको जिम्मा लगाएपछी प्रति १ लाख रू १०० पाउने गरेको भनी प्रारम्भिक चरणमा खुलेको छ ।
उनीहरुलाई थप अनुसन्धान तथा कार्वाहीको लागि आज मुल भन्सार कार्यालय रानी विराटनगरमा मोरङका प्रहरी प्रवक्ता राजकुमार खिउजुले जानकारी दिए ।