Blast Khabar
  • गृहपृष्ठ
  • निर्वाचन खबर
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • खेलकुद
  • स्वास्थ्य
  • अपराध
  • छापा समाचार
थप विभाग
  • छापा संस्करण
  • अर्थ
  • बिचार
  • सम्पादकीय
  • विशेष
  • अन्तर्राष्ट्रिय / प्रवास
  • अन्तरवार्ता
  • संस्कृति
  • साहित्य
  • ब्लग/रिभ्यु
  • राशिफल
इपेपर विज्ञापन
Blast Khabar
सर्वाधिक लोकप्रिय, निर्भीक, निष्पक्ष र पारदर्शी
  • गृहपृष्ठ
  • निर्वाचन खबर
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • खेलकुद
  • स्वास्थ्य
  • अपराध
  • छापा समाचार
  • छापा संस्करण
  • अर्थ
  • बिचार
  • सम्पादकीय
  • विशेष
  • अन्तर्राष्ट्रिय / प्रवास
  • अन्तरवार्ता
  • संस्कृति
  • साहित्य
  • ब्लग/रिभ्यु
  • राशिफल
  • Home
  • राजनीति
  • उपनिर्वाचनः देशैभरी शान्तपूर्ण निर्वाचन शुरू

उपनिर्वाचनः देशैभरी शान्तपूर्ण निर्वाचन शुरू

alt
  • मंसिर १४, २०७६
  • रासस
 
धरान / धरान उमपहानगरपालिकाकाे मेयर वडा अध्यक्षकाे लागि अाज विहान ७ बजे देखि मतदान शुरू भएकाे छ । सुनसरीको धरान उपमहानगरपालिकामा नगरप्रमुख र एक वडाध्यक्ष पदका लागि मतदान शुरु भएको हाे ।  धरानमा रहेको २८ मतदान केन्द्र र ९९ मतदानस्थलमा मतदान शुरु भएको हो । मतदानका लागि निर्धारित गरिएको समय बिहान ७ बजेबाट मतदान शुरु भएको छ । धरान उपमहानगरपालिकाको प्रमुख र वडा नं ७ का अध्यक्ष पदका लागि मतदान शुरु भएको हो । धरानमा ९२ हजार ५५३ मतदाता रहेका छन् । निर्वाचनलाई लक्षित गरेर धरानको सुरक्षा व्यवस्था कडा पारिएको सुनसरीका प्रमुख जिल्ला अधिकारी राजेश पौडेलले बताए ।
उता भक्तपुर क्षेत्र नं १ प्रदेश (क) मा प्रदेशसभा सदस्य पदको पनि उपनिर्वाचनका लागि आज बिहान ७ बजेबाट शान्तिपूर्ण रुपमा मतदान शुरु भएको छ । प्रदेश (क) मा चाँगुनारायण नगरपालिकाको नौ वडा र भक्तपुर नगरपालिकाको वडा नं १० गरी १० वडामा कूल २२ मतदानस्थलका ५४ मतदान केन्द्रमा मतदान शुरु भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जानकारी दिएको छ । कूल २१ हजार ९३५ पुरुष र २३ हजार ८० महिला गरी ४५ हजार १५ मतदाता रहेको यो प्रदेशमा बिहानैदेखि उत्साहजनकरूपमा मतदाता मतदानमा लामबद्ध भएका छन् । अधिकांश मतदानस्थलमा बिहान ६ बजेदेखि नै मतदाता पुगेका थिए ।
प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टले आज बिहान ७ बजेबाट शान्तिपूर्णरूपमा मतदान शुरु भएको जानकारी दिँदै मतदान केन्द्र, मतदानस्थल र निर्वाचन हुने क्षेत्रमा सुरक्षा व्यवस्थामा कडाइ गरिएको बताए ।
मतदाताले शान्तिपूर्णरूपमा बिहान ७ बजेदेखि साँझ ५ बजेसम्म मतदान गर्न पाउने गरी व्यवस्था गरिएको उहाँको भनाइ थियो । आवश्यकताअनुसार सुरक्षाकर्मी थप गर्न सक्ने बताउँदै उनले मतदानस्थलमा नेपाल प्रहरी, बाहिरी घेरामा, सशस्त्र प्रहरी र नेपाली सेना परिचालन भएका छन् ।
उपनिर्वाचनका लागि नौ दलका नौ उम्मेदवार र १० स्वतन्त्रसहित कूल १९ उम्मेदवार चुनावी मैदानमा छन् ।
कास्की क्षेत्र नं २ मा आज बिहान ७ बजेदेखि प्रतिनिधिसभा सदस्य पदका लागि मतदान शुरु भएको छ । यस क्षेत्रमा ३२ मतदानस्थलका ८२ मतदान केन्द्रमा निर्धारित समयमै मतदान शुरु भएको जिल्ला निर्वाचन कार्यालय कास्कीका प्रमुख महेन्द्रराज सुवेदीले जानकारी दिए । प्रायः सबै मतदान केन्द्रमा मतदाता बिहानैदेखि मतदान गर्न लामबद्ध भएका छन् । बिहानको समयमा धेरै बेर मतदान गर्नका लागि कुर्न नपर्नुपर्ने उद्देश्यका साथ कतिपय मतदाता बिहानै मतदान गर्न आएका हुन् । यसैबीच, मतदानस्थलमा सुरक्षाको व्यवस्था कडा बनाइएको छ । कास्की क्षेत्र नं २ मा पोखरा महानगरपालिकाअन्तर्गतका ११ वडा पर्छ । यस क्षेत्रमा ७१ हजार ८७१ मतदाता छन् । यस क्षेत्रका सांसद रवीन्द्र अधिकारीको हेलिकोप्टर दुर्घटनामा परी निधन भएपछि आज प्रतिनिधिसभा सदस्य पदका लागि उपनिर्वाचनअन्तर्गत मतदान भइरहेको हो ।
अर्घाखाँचीकाे मालारानी गाउँपालिका–३ को एक वडाध्यक्ष पदका लागि मतदान शुरु भएको छ । वडामा तीन हजार ११ मतदाता रहेका छन् । आदर्श मावि खनदह र सुन्दरा मावि सावडाँडा गरी दुई मतदानस्थलका चारवटै मतदान केन्द्रमा मतदान शुरु भएको प्रमुख जिल्ला अधिकारी विजयराज पौडेलले बताए । मतदानस्थलमा नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरी परिचालन गरेर सुरक्षा व्यवस्था कडा बनाइएको छ । मालारानी–३ को वडाध्यक्ष पदमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का यमलाल खनाल, नेपाली काङ्ग्रेसबाट शोभाखर खनाल र राप्रपाबाट रणबहादुर खनाल चुनावी मैदानमा छन् । तत्कालीन वडाध्यक्ष जीवन चौहानको सडक दुर्घटनामा निधन भएपछि यहाँ उपनिर्वाचन हुन लागेको हो ।
 सप्तरीको छिन्नमस्ता गाउँपालिका–७ मा स्थानीय तहअन्र्तगत वडाध्यक्ष पदका लागि आज बिहान ७ बजेदेखि मतदान शुरु भएको छ । शान्तिपूर्ण वातावरणमा वडाध्यक्ष पदका लागि मतदान शुरु भइसकेको र मतदाता मतदानस्थलमा आउने क्रम जारी रहेको सप्तरीका प्रहरी उपरीक्षक कृष्ण प्रसाईँले जनाकारी दिए । सो वडामा ६४६ महिला तथा ७५७ पुरुष गरी कूल एक हजार ४०३ मतदाता छन् । उपनिर्वाचनका लागि छिन्नमस्ता गाउँपालिका– ७ हाटीस्थित राष्ट्रिय प्राथमिक विद्यालयमा क र ख गरी दुई मतदान केन्द्र कायम गरिएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । सप्तरीको एक मात्र स्थानमा निर्वाचन हुन गइरहेको सो वडाध्यक्ष पदका लागि एक स्वतन्त्रसहित सात उम्मेदवार चुनावी मैदानमा हुनुहुन्छ । विसं २०७४ मा सम्पन्न स्थानीय तहको निर्वाचनमा राजपाबाट वडाध्यक्ष पदमा निर्वाचित प्रभाकर यादव जिल्ला समन्वय समितिको प्रमुख पदमा निर्वाचित भएपछि सो पद रिक्त भएको थियो ।
निर्वाचनका लागि तीन तहको सुरक्षा व्यवस्था मिलाइएको सप्तरीका प्रमुख जिल्ला अधिकारी सुनिल खनालले जानकारी दिनुभयो । यस्तै जिल्ला सुरक्षा समिति सप्तरीले निर्वाचनका लागि मङ्सिर ११ गते राति ८ बजेदेखि मङ्सिर १५ गतेसम्म सम्पूर्ण छिन्नमस्ता गाउँपालिका क्षेत्र र विष्णुपुर गाउँपालिका–७ क्षेत्रभित्र मदिरा बिक्री, वितरण, उत्पादनलाई पूर्णरूपमा बन्देज लगाएको प्रहरी उपरीक्षक कृष्ण प्रसाईंले बताउनुभयो । त्यस्तै आज बिहान ५ बजेदेखि मतदानकार्य सम्पन्न नभएसम्मका लागि तोकिएबमोजिमको अनुमतिप्राप्त र आकस्मिक सेवासम्बन्धी सवारी साधनबाहेक अन्यलाई विष्णुपुर गाउँपालिकास्थित पश्चिमी कोशी नहरको दक्षिणपट्टिको भागमा सवारी आवगमनमा बन्देज लगाएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

प्रतिनिधिसभाको १, प्रदेशसभाको ३ र स्थानीय तहका ४८ स्थान रिक्त छन् । तत्कालीन पर्यटन मन्त्री तथा कास्की क्षेत्र नं. २ का सांसद् रवीन्द्र अधिकारीको निधन भएपछि यो स्थान रिक्त छ । त्यस्तै, प्रदेशसभाको भक्तपुर १(क), बागलुङ २(ख), दाङ ३(ख) मा गरि ५३ स्थानमा आज उपनिर्वाचन हुँदैछ ।

स्थानीयतर्फ सुनसरीको धरान उपमहानगरपालिकाको प्रमुखका लागि चुनाव हुँदैछ । पाँचथरको फाल्गुनन्द, संखुवासभाको मकालु र महोत्तरीको पिपरा गाउँपालिकाको अध्यक्ष तथा हुम्लाको खार्पुनाथ गाउँपालिकाको उपाध्यक्ष पद पनि रिक्त छ । त्यस्तै, नगरपालिका तथा गाउँपालिकाका रिक्त ४३ वडाध्यक्ष पदका लागि पनि आज चुनाव हुँदैछ । रिक्त यी पदका लागि विभिन्न राजनीतिक दल र स्वतन्त्र गरी ३ सय ३७ उम्मेदवार चुनावी मैदानमा छन् ।

सम्बन्धित समाचार
प्रहरीको तीनवर्षे रणनीतिक योजना सार्वजनिकः नागरिक केन्द्रित सेवा प्राथमिकतामा

काठमाडौँ । नेपाल प्रहरीले नागरिक केन्द्रित सेवा र प्रविधिमैत्री रूपान्तरणला ...

मन्त्रिपरिषद् निर्णयः नदी किनारका सुकुम्बासीलाई राहत

विजयपुर । सरकारले काठमाण्डौ उपत्यकाको नदी किनारका जोखिमयुक्त बस्ती हटाउँदा ...

यूएन नवोदय कलेजमा कोटा निर्धारण

विजयपुर । सुनसरीको धरान १६ स्थित यूएन. नवोदय कलेजले आगामी शैक्षिक सत्र २०८३ ...

छापा संस्करण [ePaper]
  • भर्खरै
  • लाेकप्रिय
भर्खरै
लोकप्रिय
प्रहरीको तीनवर्षे रणनीतिक योजना सार्वजनिकः नागरिक केन्द्रित सेवा प्राथमिकतामा
जेठ ५, २०८३
मन्त्रिपरिषद् निर्णयः नदी किनारका सुकुम्बासीलाई राहत
जेठ ५, २०८३
यूएन नवोदय कलेजमा कोटा निर्धारण
जेठ ५, २०८३
लटरम्म फलेको लिच्ची
जेठ ५, २०८३
वास्तविकतामा आधारित बजेट तय गर्न सांसदहरूको आग्रह
जेठ ५, २०८३
चोरी गर्ने ठुलो गिरोह पक्राउ
जेठ ५, २०८३
झापामा चाइनिज स्याउको अवैध निर्यात
जेठ ५, २०८३
पाथीभरा केबलकारमा राज्यले यसरी गुमायो लाखौँ
जेठ ४, २०८३
झापाबाट चिया निर्यात पूर्णरूपमा ठप्प
जेठ ४, २०८३
इनरुवामा ३३ औं मदन–आश्रित स्मृति सभा सम्पन्न
जेठ ४, २०८३
मनसुनमा पूर्वतयारी अपनाऊ
जेठ ४, २०८३
आजको राशिफलः २०८३ साल जेठ ४ गते सोमबार
जेठ ४, २०८३
सुरक्षित गर्भपतनका लागि तीन तहको सरकार जिम्मेवार बन्नुपर्नेमा जोड
जेठ ३, २०८३
४० लाख मूल्य बराबरको अवैध समानसहित दुई पक्राउ
जेठ ३, २०८३
मलेपको रूपान्तरणकारी आयोजनाका प्रगतिमा प्रश्न
जेठ ३, २०८३
प्रहरीको तीनवर्षे रणनीतिक योजना सार्वजनिकः नागरिक केन्द्रित सेवा प्राथमिकतामा
जेठ ५, २०८३
मन्त्रिपरिषद् निर्णयः नदी किनारका सुकुम्बासीलाई राहत
जेठ ५, २०८३
यूएन नवोदय कलेजमा कोटा निर्धारण
जेठ ५, २०८३
लटरम्म फलेको लिच्ची
जेठ ५, २०८३
वास्तविकतामा आधारित बजेट तय गर्न सांसदहरूको आग्रह
जेठ ५, २०८३
चोरी गर्ने ठुलो गिरोह पक्राउ
जेठ ५, २०८३
झापामा चाइनिज स्याउको अवैध निर्यात
जेठ ५, २०८३
पाथीभरा केबलकारमा राज्यले यसरी गुमायो लाखौँ
जेठ ४, २०८३
झापाबाट चिया निर्यात पूर्णरूपमा ठप्प
जेठ ४, २०८३
इनरुवामा ३३ औं मदन–आश्रित स्मृति सभा सम्पन्न
जेठ ४, २०८३
मनसुनमा पूर्वतयारी अपनाऊ
जेठ ४, २०८३
आजको राशिफलः २०८३ साल जेठ ४ गते सोमबार
जेठ ४, २०८३
सुरक्षित गर्भपतनका लागि तीन तहको सरकार जिम्मेवार बन्नुपर्नेमा जोड
जेठ ३, २०८३
४० लाख मूल्य बराबरको अवैध समानसहित दुई पक्राउ
जेठ ३, २०८३
मलेपको रूपान्तरणकारी आयोजनाका प्रगतिमा प्रश्न
जेठ ३, २०८३
भर्खरै
लोकप्रिय
कुलमानलाई हटाइएको विरोधमा धरानमा प्रदर्शन
चैत १२, २०८१
अन्तर्घातले हैन सहयोग गरे मात्र नेता भइन्छ – पूर्व मन्त्री कार्की
जेठ २८, २०८०
स्वस्थ खानपान र जीवनशैलीले मुटु रोगबाट बँच्न सकिन्छ
असोज ८, २०७३
टिप्पणी: नेताको बोलीको बेटुङ्गो
मंसिर १०, २०८१
बालबालिकाद्वारा प्रतिभा प्रदर्शन
असार १८, २०८२
हङकङमा छैटाैं मर्स्याङ्दी नाईट हुने
कार्तिक २५, २०८१
वडाध्यक्षलाई कार्यवाहक विवादः उच्च अदालतमा रिट दर्ता, आजै सुनुवाइ
कार्तिक ४, २०८१
नमस्ते भन्ने कि नमस्कार ?
पुस ७, २०७६
इटहरीमा यौनधन्दाः भारतीय ग्राहकसहित १२ पक्राउ
मंसिर २५, २०७५
एसईई आइडलमा खिना, रोहन र मिसु विजेता
असार ६, २०८२
‘संविधान संशोधनका लागि वर्कआउट हुँदैछ’
पुस २२, २०८१
टिकटकको नयाँ फिचर्स सेवा सुरु
वैशाख २२, २०८२
दुर्गा प्रसाईंलाई साढे सात वर्ष जेल सजाय माग
मंसिर २७, २०८१
धरान राजधानी हुने भो !
फागुन ५, २०७५
राष्ट्रियसभाको अध्यक्षमा दाहाल निर्वाचित
फागुन २९, २०८०
कुलमानलाई हटाइएको विरोधमा धरानमा प्रदर्शन
चैत १२, २०८१
अन्तर्घातले हैन सहयोग गरे मात्र नेता भइन्छ – पूर्व मन्त्री कार्की
जेठ २८, २०८०
स्वस्थ खानपान र जीवनशैलीले मुटु रोगबाट बँच्न सकिन्छ
असोज ८, २०७३
टिप्पणी: नेताको बोलीको बेटुङ्गो
मंसिर १०, २०८१
बालबालिकाद्वारा प्रतिभा प्रदर्शन
असार १८, २०८२
हङकङमा छैटाैं मर्स्याङ्दी नाईट हुने
कार्तिक २५, २०८१
वडाध्यक्षलाई कार्यवाहक विवादः उच्च अदालतमा रिट दर्ता, आजै सुनुवाइ
कार्तिक ४, २०८१
नमस्ते भन्ने कि नमस्कार ?
पुस ७, २०७६
इटहरीमा यौनधन्दाः भारतीय ग्राहकसहित १२ पक्राउ
मंसिर २५, २०७५
एसईई आइडलमा खिना, रोहन र मिसु विजेता
असार ६, २०८२
‘संविधान संशोधनका लागि वर्कआउट हुँदैछ’
पुस २२, २०८१
टिकटकको नयाँ फिचर्स सेवा सुरु
वैशाख २२, २०८२
दुर्गा प्रसाईंलाई साढे सात वर्ष जेल सजाय माग
मंसिर २७, २०८१
धरान राजधानी हुने भो !
फागुन ५, २०७५
राष्ट्रियसभाको अध्यक्षमा दाहाल निर्वाचित
फागुन २९, २०८०
Blast Khabar
Blast Khabar ब्लाष्ट खबर

यो वेवसाइट ब्लाष्ट राष्ट्रिय दैनिकको आधिकारिक न्यूज पोर्टल हो। नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल तथा जीवनका विभिन्न पक्षहरू समेटेको छ।

समाचार
  • गृहपृष्ठ
  • राजनीति
  • राष्ट्रिय
  • समाचार
  • खेलकुद
  • स्वास्थ्य
  • अपराध
  • अर्थ
  • पर्यटन
थप
  • बिचार
  • सम्पादकीय
  • विशेष
  • अन्तर्राष्ट्रिय
  • अन्तरवार्ता
  • संस्कृति
  • साहित्य
  • राशिफल
  • छापा संस्करण
सम्पर्क
ठेगाना धरान-८, औद्योगिक क्षेत्र, सुनसरी
फोन रिसेप्सन: ०२५-५७५४५८
समाचार: ०२५-५३८४३५
विज्ञापन: ०२५-५३८४१४
इमेल [email protected]
विज्ञापनको लागि सम्पर्क

© 2026 Blastkhabar.com — सर्वाधिकार सुरक्षित।
हाम्रोबारे हाम्रो टिम प्रयोगका सर्त विज्ञापन सम्पर्क