Blast Khabar
  • गृहपृष्ठ
  • निर्वाचन खबर
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • खेलकुद
  • स्वास्थ्य
  • अपराध
  • छापा समाचार
थप विभाग
  • छापा संस्करण
  • अर्थ
  • बिचार
  • सम्पादकीय
  • विशेष
  • अन्तर्राष्ट्रिय / प्रवास
  • अन्तरवार्ता
  • संस्कृति
  • साहित्य
  • ब्लग/रिभ्यु
  • राशिफल
इपेपर विज्ञापन
Blast Khabar
सर्वाधिक लोकप्रिय, निर्भीक, निष्पक्ष र पारदर्शी
  • गृहपृष्ठ
  • निर्वाचन खबर
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • खेलकुद
  • स्वास्थ्य
  • अपराध
  • छापा समाचार
  • छापा संस्करण
  • अर्थ
  • बिचार
  • सम्पादकीय
  • विशेष
  • अन्तर्राष्ट्रिय / प्रवास
  • अन्तरवार्ता
  • संस्कृति
  • साहित्य
  • ब्लग/रिभ्यु
  • राशिफल
  • Home
  • पर्यटन
  • नेपाल पृथ्वीको स्वर्गजस्तो-जापानी आरोही

नेपाल पृथ्वीको स्वर्गजस्तो-जापानी आरोही

alt
  • पुस १, २०७६
  • रासस
 
काठमाडाैं / “पाकिस्तानको गासेरब्रुम हिमाल चढ्दा दुर्घटनामा परेँ । मेरुदण्डको हड्डी भाँच्चियो, सँगैका केही साथी पनि त्यसैमा परेर मरे । मलाई पनि बचुँलाजस्तो लागेन । भ्रमण दलका एकजना आरोही चिकित्सक रहेछन् । उनले भने– तिमी भोलिसम्म मर्छौं, तिम्रो घर परिवारलाई केही सन्देश छ भने भन, म परिवारलाई पु¥याइदिउँला ।” गत हप्ता पानीपोखरीस्थित जापानी दूतावासमा प्रसिद्ध हिमाल आरोही जापानी नागरिक हिरोताका ताकेउचीले हिम पहिरोमा परेको अनुभव सुनाउँदा हल सुनशान भयो ।
उनी हिमाल चढेको ‘डकुमेन्ट्री’ हेर्न दूतावास हलमा उपस्थित सबैले घरिघरि उनको मुहार पढिरहेका थिए र उनको साहसिक आरोहणको यात्रा समेटिएको सो ‘डकुमेन्ट्री’ बडो चाखसित चियाइरहेका थिए । आरोही ताकेउचीले आफ्नो सङ्घर्षले भरिएको जीवनगाथा सुनाए । आठ हजार मिटरमाथिका विश्वका १४ वटै हिमाल चढेका उनी पहिलो जापानी हुन् । उनले त्यहाँ आफ्नो अनुभव सुनाउँदा कुनै बेला उनको मुहार चम्किन्थ्यो र उत्साहित देखिन्थे । अनि बेला बेलामा उनको मुहारमा दुःखको विराट तस्वीर झल्किन्थ्यो तर, उनको अभिव्यक्तिमा अदम्य साहस देखिन्थ्यो र यसबाट बुझ्न सकिन्थ्यो– उनी थाकेका छैनन्, अझै धेरै गर्न बाँकी छ । सामान्य मानिसलाई त सानातिना पहाड चढ्नु पनि कल्पना बाहिरको कुरा हो ।
अझ आठ हजार मिटरभन्दा अग्लो हिमाल चढ्नु झन सानो कुरा भएन । नेपाल हिमालै हिमालको देश हो, तर पनि एकाध सय नेपाली मात्रै हिमालको टाकुरामा पुगेका होलान् । अनि सगरमाथा चढ्ने नागरिक त धेरै कम । त्यसमा अझै आठ हजार मिटरमाथिका १४ वटै हिमाल चढ्ने त कति हो कति कम । पातलो ज्यानका हिरोताका आफूले पाएको दुःख र पीडाको मात्रै नभई रोमाञ्चक अनुभव सुनाउन उभिएमका थिए । शुरुमै उनले भने– तपाईंहरुले विश्वका आठ हजार मिटर अग्ला १४ वटै हिमाल चढेको मान्छे देख्नुभएको छ ? छैन भने आजै देख्दै हुनुहुन्छ, त्यो म नै हुँ । अचम्म नमान्नुहोला यस्तो मानिसले कसरी चढ्यो होला भनेर । किन भने मैले शुरुमा त मलाई नै पत्याएको थिइन तर यो सब मेरो आँट र इच्छाले सम्भव बनाइदियो ।
उनले भनेझैँ हिरोताकालाई हेरेर उनको यो सफलता पत्याउन आम मानिसलाई कठिन नै हुन्छ । हिमाल चढ्दाका अप्ठेराहरु समेटिएको उनको वृत्तचित्र हेर्दा त झन आङ जिरिङ्ग हुन्छ । उनले चरा उडेर पुग्ने ठाउँमा आफू हिँडेर पुगेको साहसिक कथा सुनाएका थिए । नेपालका लागि जापानी राजदूत मासामिची साइगोसमेत आश्चर्य भावमा हिरोेताकाका कुरा सुनिरहेका थिए । बेला बेलामा जिब्रो काड्थे र अघिल्लो सिटमा बसेका उनी कुनै बेला पछि फर्किएर अरुको मुहार हेर्थे । विश्वमा आठ हजार मिटरभन्दा अग्ला १४ वटा हिमाल छन् । तीमध्ये विश्वको सर्वोच्च शिखर सगरमाथासहित कञ्चनजङ्गा, लोहोत्से, मकालु, चोयू, धौलागिरि, मनास्लु, अन्नपूर्ण नेपालमै पर्छन् । यसबाहेकका विदेशमा रहेका अरु हिमालमा केटु, नांगा पर्वत, गासेरब्रुम, ब्रोड पिक, गासेरब्रुम दोस्रो र सिसापाङ्मा हुन् । उनले यी सबै हिमाल आरोहण गरेका छन् । यी हिमालको शिखरमा पुगेर उनले आफ्नो मात्रै नाम चम्काएनन्, संसारभर नै नेपालको र आफ्नो देश जापानको पनि चम्काए । “आरोहण गर्दै थिएँ, मैले ‘च्यालेन्ज’ नै गरेर त्यहाँ पुगेको थिएँ, किनकी मलाई हिमालले मोहनी लगाएको थियो ।
एक्कासि हिम पहिरो आयो, मलाई त्यो पहिरोले ३०० मिटर तल बगायो ।” उनले आफ्नो आरोहणको कथा सुनाए । उनी अगाडि भन्दै गए– मेरो ढाडको हड्डी भाँच्चिएको थियो, शरीर पूरै हिउँजस्तै चिसो, कता दुखेको थियो थाहै थिएन । म बोल्न सक्दैनथेँ तर आरोहण दलका साथी चाँहि चिन्थेँ । यो गासेरब्रुम चढ्दाको पीडाको कथा हो । मलाई यति दुख्यो कि त्यो दुखाइ साँँच्चै पीडादायी थियो । मेरा सहयोगीले खुट्टामा समातेर ताने, खासमा त्यसो गर्नु नहुने रहेछ । मलाई बचाउन उनीहरुले त्यसो गरेका रहेछन् । आरोहण टोलीमा एक चिकित्सकसमेत रहेछन्, उनले मलाई दुखाइ कम हुने औषधि दिए र भने तिमी भोलिसम्म त मर्छौं होला, भनेका थिए । एउटा क्याम्पमा थिएँ, वरिपरि प्लाष्टिकले बेरेर राखेको सामानजस्तो थुप्रो थियो । मैले भने अक्सिजन मास्क लगाएको थिएँ, मेरो सहयोगीले नै त्यो लगाइदिएका रहेछन्, पछि थाहा पाएँ तर, मलाई अक्सिजन लगाइदिने साथी पछि बितीसकेको थियो । यसो हेरेँ प्लाष्टिकले बेरेर राखेको सामानजस्तो लाग्ने थुप्रो देखियो त्यो आरोहीको रहेछ, तर सबैले हिमालमै जीवन सुम्पिसकेका– उनले भने । हिरोताका भन्दै गए– केही पहिले त सँगै थियौँ, र एकापसमा भन्थ्यौँ कि हिमाल चढेर आफ्नो र देशको नाम राख्नुपर्छ ।
उनीहरुको भौतिक शरीर हेर्दा पनि त्यति मात्र सम्झिएँ । अनि मेरो कानमा गुन्जियो– हितोताका तँ अझै हिमाल चढ र नाम लेखा है । वास्तवमा आजका दिनसम्म पनि उनलाई हिमाल चढ्न प्रेरित गर्ने घटना त्यही हो । त्यो घटना सन् २००७ को हो । मलाई त हिमालसँग जोरी खोज्नु मेरो रहरजस्तै भइसकेको छ, किन भने मेरो साथ टुटेका आरोहीहरुले हिमालसँग नहारेस् है भनेका छन् । मेरो एक जर्मनी साथी राल्फ साइमन र मैले संसारका आठ हजार मिटरमाथिका १४ वटै हिमाल चढ्ने अठोट गरेका थियौँ । त्यो क्रम मेरो बालककालदेखि नै शुरु भएर सन् २०१२ मा पूरा भएको हो । किन हिमाल चढ्नुहुन्छ भन्ने प्रश्नमा उनको उत्तर थियो । उनको यो कीर्तिमान सन् २०१२ मा पूरा भएको हो । उनलाई उनका पिताले बाल्यकालमा नै जापानका पहाड चढाउन लानु हुन्थ्यो, त्यही बेलादेखि नै हिमाल हेर्ने रहर उनको मनमा भरिएर आउँथ्यो । उपस्थित जिज्ञासु मुहारको उत्सुकता मेटाउन उनले भने–जापानमा आन्तरिक उडानमा उड्ने जहाज आठ हजार मिटरको हाराहारीमा उड्छन् । जहाजमा रहेका बेला हामी आठ हजार मिटर उचाइमा पुगेका छौँ भनेर सूचना देख्नुभयो भने यसो जहाजबाट बाहिर हेर्नुहोला, तपाईंहरुलाई पनि म यति उचाइमा छु भन्ने भावना आउँछ ।
उनले हिमाल आरोहणको खतरापूर्ण कथा सुनाएपछि हाम्रो प्रश्न थियो– हिमाल चढ्न के सधैँ यस्तै खतरा हो ? हो, उनको जवाफ थियो । हिमालमा त हामी जोखिम लिएरै जाने हो । मर्ने नमर्ने भन्ने त भाग्यमा पनि भर पर्छ । किन भने कुनबेला पहिरो आउँछ भन्ने त के थाहा हुन्छ र ? तपाईं आफ्नो मिसनको चुचुरोमै पुगेपछि के देख्नुहुन्छ ? हाम्रो यो काल्पनिक प्रश्नमा उनको जवाफ थियो– त्यो हिमालको शिखरमा पुगेपछि मैले अरु केही देख्दिन, मैले चढ्नुपर्ने त्यसपछिको अर्को हिमालको टुप्पो मात्र देख्छु र त्यसैबाट लोभिन्छु । अनि ओर्लिएपछि त्यसतर्फको यात्राको तयारीमा लाग्छु । सन् १९७१ मा जन्मिएका हिरोताकाजस्तै आठ हजार मिटर अग्ला सबै हिमाल चढ्ने मानिस विश्वमा निकै थोरै छन् । ४८ वर्षीय उनको जाँगर अहिले पनि उस्तै छ । भन्छन्– मेरो अबको लक्ष्य पनि हिमाल नै चढ्ने हो, कसैले नचढेका हिमाल चढेर नयाँ नयाँ गन्तव्य भेटाउने तर, अब हिमाल चढ्न गाह्रो हुदै गएको उनको अनुभव छ । यो उनको उमेरले मात्र नभएर जलवायु परिवर्तन पनि एक कारण हो । विगतमा आफूले चढेका हिमालका शिखरहरु हेर्दा काला हुँदै गएको देखिन्छ ।
हिउँ पग्लिएर पत्थर देखिन थालेको छ, यस्तोमा चढ्न झनै गाह्रो हुन्छ– उनको अनुभव छ । सन् १९९६ मा २५ वर्षको उमेरमा विश्वको सर्वाेच्च शिखर सगरमाथा चढेपछि हिमाल आरोहणलाई निरन्तरता दिएका उनले बताए । नेपाल पृथ्वीको स्वर्गजस्तो लाग्छ भन्छन्, उनी तर, उनको सुझाव छ कि नेपाललाई जापानीहरु हिमालको देश भनेर बढी चिन्छन् । नेपाल संस्कृति, प्राकृतिक सम्पदा, विश्व सम्पदालगायत धेरै कुराले नेपाल धनी छ, त्यो कुरा पनि थाहा दिनुभयो भने जापानीलाई आकर्षित गर्न सजिलो पर्नेछ । नेपालको सुन्दरता विश्वमा चिनाउन सकिएमा त्यसैमा नेपालको समृद्धि छ, उनको भनाइ छ । नेपालले पनि सन् २०२० लाई नेपाल भ्रमण वर्ष घोषणा गरेको छ । हिमाल मात्रै नभई नेपालका अन्य प्राकृतिक स्रोत तथा साधनको समेत प्रचार गर्नुपर्ने सुझाव छ उनको । जापानी नागरिकले सगरमाथा आरोहरणको ५० वर्ष पुगेको अवसरमा सन् २०२० मा नेपाल र जापानमा समेत संयुक्तरुपमा कार्यक्रम आयोजना गर्ने समेत उनले जनाए । त्यो कार्यक्रममा खास के हुन्छ ?
उनले भने– त्यस कार्यक्रममार्फत हामी विशेष गरी हिमाल र हिमाल आरोहणसम्बन्धी सूचना र सन्देश विश्वमा नै दिन चाहन्छौँ । उनको अनुभवमा हिमाल चढ्ने काम एक प्रकारको कुशल अभ्यास पनि हो । यो एउटा ठूलो जोखिमको काम हो । जोखिम नलिँदासम्म सफलता पाउन पनि मुस्किल छ । यसोभन्दा उनमा थोरैमात्र डर र धेरै उत्साह देखिन्थ्यो । आफूलाई व्यावसायिक हिमाल आरोही बताउने उनले आफ्नो जीवनभर नै हिमाल चढ्ने बताए । उनी भन्छन्– जीवन रहेसम्म हिमाल चढ्छु, अबको योजना कोही नपुगेको शिखरमा पुग्ने छ । खोज्दैछु, अब कोही नपुगेको हिमाल चढ्ने हो ।
  • सगरमाथा
सम्बन्धित समाचार
रसुवाको बाढीः त्रिशूली र नारायणी नदीमा १८ शव भेटिए

चितवन । तिब्बतबाट आएको बाढीसँगै चितवनका त्रिशूली र नारायणी नदीमा १८ वटा शव ...

सुनसरीमा लागूऔषधसहित तीन जना पक्राउ

विजयपुर । सुनसरी प्रहरीले जिल्लाका दुई छुट्टाछुट्टै स्थानबाट लागूऔषधसहित ती ...

सुनसरीमा ४१४ किलो गाँजासहित भारतीय मोटरसाइकल बरामद

विजयपुर । सुनसरीको देवानगञ्ज गाउँपालिका–१, मध्यहर्षाहीस्थित रामजानकी मन्दिर ...

छापा संस्करण [ePaper]
  • भर्खरै
  • लाेकप्रिय
भर्खरै
लोकप्रिय
रसुवाको बाढीः त्रिशूली र नारायणी नदीमा १८ शव भेटिए
भदौ १०, २०८३
सुनसरीमा लागूऔषधसहित तीन जना पक्राउ
भदौ १०, २०८३
सुनसरीमा ४१४ किलो गाँजासहित भारतीय मोटरसाइकल बरामद
भदौ १०, २०८३
सुवाको बाढीः उद्धार गरिएका १३ जनाको काठमाडौँमा उपचार हुँदै
भदौ १०, २०८३
इरानमाथि तत्काल नयाँ आक्रमण नगर्ने अमेरिकी नीति
भदौ १०, २०८३
विपद्मा सरकार र दल एकढिक्का भएर उद्धारमा जुट्नुपर्छः रास्वपा सभापति लामिछाने
भदौ १०, २०८३
भोटेकोशी बाढीः ३८४ पर्यटक सम्पर्कविहीन
भदौ १०, २०८३
क्यारिबियनमा अमेरिकी आक्रमणमा चारको मृत्यु
भदौ १०, २०८३
पाकिस्तानको अस्पतालमा आगलागी १४ जना नवजात शिशुको मृत्यु
भदौ १०, २०८३
भोटेकोशी बाढी: क्षति न्यूनीकरणका लागि चिनियाँ समकक्षी सुरक्षा निकायसँग सशस्त्र प्रहरीको संवाद
भदौ १०, २०८३
भोटेकोशी बाढीः तीन जनाको शव भेटियो, पाँच जनाको उद्धार
भदौ १०, २०८३
भोटेकोशीमा आएको आकस्मिक बाढीले रसुवामा व्यापक क्षति
भदौ १०, २०८३
भारत–चीन सीमा विवादमा फेरि वार्ता, सीमांकनबारे छलफल अघि बढाउने सहमति
भदौ १०, २०८३
पीडितको उद्धार र खोजमा तीव्रताः प्रधानमन्त्री
भदौ १०, २०८३
भोटेकोशी बाढीः तटीय क्षेत्रका सर्वसाधारणलाई सतर्कता अपनाउन आग्रह
भदौ १०, २०८३
रसुवाको बाढीः त्रिशूली र नारायणी नदीमा १८ शव भेटिए
भदौ १०, २०८३
सुनसरीमा लागूऔषधसहित तीन जना पक्राउ
भदौ १०, २०८३
सुनसरीमा ४१४ किलो गाँजासहित भारतीय मोटरसाइकल बरामद
भदौ १०, २०८३
सुवाको बाढीः उद्धार गरिएका १३ जनाको काठमाडौँमा उपचार हुँदै
भदौ १०, २०८३
इरानमाथि तत्काल नयाँ आक्रमण नगर्ने अमेरिकी नीति
भदौ १०, २०८३
विपद्मा सरकार र दल एकढिक्का भएर उद्धारमा जुट्नुपर्छः रास्वपा सभापति लामिछाने
भदौ १०, २०८३
भोटेकोशी बाढीः ३८४ पर्यटक सम्पर्कविहीन
भदौ १०, २०८३
क्यारिबियनमा अमेरिकी आक्रमणमा चारको मृत्यु
भदौ १०, २०८३
पाकिस्तानको अस्पतालमा आगलागी १४ जना नवजात शिशुको मृत्यु
भदौ १०, २०८३
भोटेकोशी बाढी: क्षति न्यूनीकरणका लागि चिनियाँ समकक्षी सुरक्षा निकायसँग सशस्त्र प्रहरीको संवाद
भदौ १०, २०८३
भोटेकोशी बाढीः तीन जनाको शव भेटियो, पाँच जनाको उद्धार
भदौ १०, २०८३
भोटेकोशीमा आएको आकस्मिक बाढीले रसुवामा व्यापक क्षति
भदौ १०, २०८३
भारत–चीन सीमा विवादमा फेरि वार्ता, सीमांकनबारे छलफल अघि बढाउने सहमति
भदौ १०, २०८३
पीडितको उद्धार र खोजमा तीव्रताः प्रधानमन्त्री
भदौ १०, २०८३
भोटेकोशी बाढीः तटीय क्षेत्रका सर्वसाधारणलाई सतर्कता अपनाउन आग्रह
भदौ १०, २०८३
भर्खरै
लोकप्रिय
कुलमानलाई हटाइएको विरोधमा धरानमा प्रदर्शन
चैत १२, २०८१
अन्तर्घातले हैन सहयोग गरे मात्र नेता भइन्छ – पूर्व मन्त्री कार्की
जेठ २८, २०८०
स्वस्थ खानपान र जीवनशैलीले मुटु रोगबाट बँच्न सकिन्छ
असोज ८, २०७३
टिप्पणी: नेताको बोलीको बेटुङ्गो
मंसिर १०, २०८१
बालबालिकाद्वारा प्रतिभा प्रदर्शन
असार १८, २०८२
हङकङमा छैटाैं मर्स्याङ्दी नाईट हुने
कार्तिक २५, २०८१
नमस्ते भन्ने कि नमस्कार ?
पुस ७, २०७६
वडाध्यक्षलाई कार्यवाहक विवादः उच्च अदालतमा रिट दर्ता, आजै सुनुवाइ
कार्तिक ४, २०८१
इटहरीमा यौनधन्दाः भारतीय ग्राहकसहित १२ पक्राउ
मंसिर २५, २०७५
एसईई आइडलमा खिना, रोहन र मिसु विजेता
असार ६, २०८२
‘संविधान संशोधनका लागि वर्कआउट हुँदैछ’
पुस २२, २०८१
टिकटकको नयाँ फिचर्स सेवा सुरु
वैशाख २२, २०८२
दुर्गा प्रसाईंलाई साढे सात वर्ष जेल सजाय माग
मंसिर २७, २०८१
धरान राजधानी हुने भो !
फागुन ५, २०७५
राष्ट्रियसभाको अध्यक्षमा दाहाल निर्वाचित
फागुन २९, २०८०
कुलमानलाई हटाइएको विरोधमा धरानमा प्रदर्शन
चैत १२, २०८१
अन्तर्घातले हैन सहयोग गरे मात्र नेता भइन्छ – पूर्व मन्त्री कार्की
जेठ २८, २०८०
स्वस्थ खानपान र जीवनशैलीले मुटु रोगबाट बँच्न सकिन्छ
असोज ८, २०७३
टिप्पणी: नेताको बोलीको बेटुङ्गो
मंसिर १०, २०८१
बालबालिकाद्वारा प्रतिभा प्रदर्शन
असार १८, २०८२
हङकङमा छैटाैं मर्स्याङ्दी नाईट हुने
कार्तिक २५, २०८१
नमस्ते भन्ने कि नमस्कार ?
पुस ७, २०७६
वडाध्यक्षलाई कार्यवाहक विवादः उच्च अदालतमा रिट दर्ता, आजै सुनुवाइ
कार्तिक ४, २०८१
इटहरीमा यौनधन्दाः भारतीय ग्राहकसहित १२ पक्राउ
मंसिर २५, २०७५
एसईई आइडलमा खिना, रोहन र मिसु विजेता
असार ६, २०८२
‘संविधान संशोधनका लागि वर्कआउट हुँदैछ’
पुस २२, २०८१
टिकटकको नयाँ फिचर्स सेवा सुरु
वैशाख २२, २०८२
दुर्गा प्रसाईंलाई साढे सात वर्ष जेल सजाय माग
मंसिर २७, २०८१
धरान राजधानी हुने भो !
फागुन ५, २०७५
राष्ट्रियसभाको अध्यक्षमा दाहाल निर्वाचित
फागुन २९, २०८०
Blast Khabar
Blast Khabar ब्लाष्ट खबर

यो वेवसाइट ब्लाष्ट राष्ट्रिय दैनिकको आधिकारिक न्यूज पोर्टल हो। नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल तथा जीवनका विभिन्न पक्षहरू समेटेको छ।

समाचार
  • गृहपृष्ठ
  • राजनीति
  • राष्ट्रिय
  • समाचार
  • खेलकुद
  • स्वास्थ्य
  • अपराध
  • अर्थ
  • पर्यटन
थप
  • बिचार
  • सम्पादकीय
  • विशेष
  • अन्तर्राष्ट्रिय
  • अन्तरवार्ता
  • संस्कृति
  • साहित्य
  • राशिफल
  • छापा संस्करण
सम्पर्क
ठेगाना धरान-८, औद्योगिक क्षेत्र, सुनसरी
फोन रिसेप्सन: ०२५-५७५४५८
समाचार: ०२५-५३८४३५
विज्ञापन: ०२५-५३८४१४
इमेल [email protected]
विज्ञापनको लागि सम्पर्क

© 2026 Blastkhabar.com — सर्वाधिकार सुरक्षित।
हाम्रोबारे सम्पर्क