धरान / धरानमा खानेपानीको अभाव भए पछि आज धरान उपमहानगरपालिकाका ९ नंं वडा अध्यक्ष रत्न कटवालको नेतृत्वमा धरान–१३ स्थित खानेपानी संस्थान कायाृलय घेराउ गरिएको छ ।
खाली पानी बोक्ने भाडा, विभिन्न नारा लेखिएका प्लेकार्डसहित उनीहरु संस्थानको कार्यालय पुगेका थिए ।
गत शुक्रबार वडा अध्यक्ष कट्वालले जनताले पानी खान पाएनन अव संस्थानको कर्मचारीको खुन खाने भन्दैं टेलिफोनबाट धम्की दिएका थिए ।

pani copy
आज भएको घेरा कार्यक्रममा पानी नपाए पछि अव खुन खान तयार भएको वडा अध्यक्ष कट्वालले स्थानीय उपभोक्ताहरुलाई सम्बोधन गदैं भनेका थिए । उपभोक्ताहरुको पानी अन्य व्यवसायी संस्थालाई बेचेर संस्थानका प्रमुख रामकुमार श्रेष्ठले गद्दार गरेकाले जनता आन्दोलनमा उत्रिनु परेको कट्वालले बताए ।

pani1
ठूलाे स‌स्थामा पुगेकाे उपभाेक्ताहरुकाे समुहले खानेपानी संस्थानका प्रमुखलाई  गाली गरेका थिए । हातपातको स्थिति नआसोव भनेर प्रहरीले प्रमुख श्रेष्ठलाई बचाएका थिए । पुसमै धरानमा पानीको चरम अभाव भए पछि उपभोक्ताहरु सडकमा उत्रिएका हुन । उनीहरुले संस्थानको लापारवाहीले धराने जनताले पानी खान नपाएको बताएका छन् ।

pani2 pani3