काठमाडौँ  । आज स्थानीय बजारमा सुनको मूल्य प्रतितोला  ७०० ले बढेको छ भने चाँदीको मूल्य  ४५ ले घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुन प्रतितोला  दुई लाख ७५ हजार  र चाँदीको मूल्य  तीन हजार ६७५ कायम भएको छ ।

हिजो सोमबार छापावाल सुन प्रतितोला  दुई लाख ७४ हजार ३०० र त्यति चाँदीको मूल्य  तीन हजार ७२० कायम थियो ।रासस