धरान / ‘सुन्तला, सुन्तला खोकू छिन्ताङका रसिला सुन्ताला सस्तोमा लानुहोस् ।’ –धरानको भित्र सडकमा एउटा अर्ध बैस कराए । ‘सस्तोमा गुलिया सुन्तला छानिछानी लानुहोस् ।’ उनको प्रचार काईदाले बटुवाको खिचियो । खोकुको सुन्तला रसिला हुन्छन् भनेर स्वाद थाहा पाउनेहरु उनीतिर झुम्मीए । प्रति केढेड सय र १ सय विसमा सुन्तोला विकी हाल्यो ।
यहिबेला पूर्वका शहरहरु पहेलपुर छन् । शहरका हरेक चौक र गल्लीमा देख्दै जिब्रो रसाउने सुन्तला देख्न पाईन्छ । धरान, इटहरी, विराटनगर, धनकुटालगायत शहर सुन्तलाले पहेलपुर छ । फुटपाथ कव्जा जमाएर पोके व्यापारीहरु यो सिजन सुन्तला मात्रै बेच्छन् । सुन्तला जहाँका भए पनि हरेक चौकमा ‘खोकुका सुन्तुला भनेर व्यापारीहरुले पनि खुवै प्रचार गर्ने गरेका छन् ।

orange

धनकुटा, त्यसमा पनि खोकुका सुन्तला भन्दा सबैले रुचाउने भएकाले धरानका सुन्तला व्यापारीहरु जहा“का भएपनि धनकुटाकै भन्ने गर्छन् । ‘धनकुटाका सुन्तला भन्दा ग्राहकले किनी हाल्छन् ।’ धरानको भानुचोकमा ढोकोमा सुन्ताला बेच्दै गर्दा भेटिएका एक व्यापारीले भने –‘धरानमा धनकुटाका सुन्तलाको निकै चल्ती छ । पूर्वमा भोजपुर, सख्खुवासभा, इलाम, खोटाङ्गलगायत जिल्लामा पनि सुन्तला फल्ने भए पनि बजारमा भने धनकुटाले नाम कमाएको छ ।
जिल्ला कृषी कार्यालय धनकुटाको तथ्याङ्कमा खोकू छिन्ताङ्ग आँखीसल्ला, मौनाबुधुक, धनकुटा, तेलिया, खुवाखोक, चङमाङलगायत क्षेत्र सुन्तलाको पटक क्षेत्र मानिन्छ । यी गाउ“बाट सदरमुकाम धनकुटा हु“दै धरान, इटहरी, विराटनगरका चौक, गल्लीमा सुन्तला पुगेका छन् । सुन्तलाको स्वाद थाहा पाउने ग्राहक धनकुटाकै सुन्तला खोज्ने गरेको व्यापारीहरु बताउछन् । खोकुमा सुन्तला नेपालकै उत्कृष्ट मिठो मानिने कृषकहरुले दावी गरेका छन् । तर पछिल्लो समय संखुवासभाको मान्तेवामा सबै भन्दा मिठा सुन्तोला पाईने गरेको बताइएको छ ।
उत्तर मोहडा, गेगर परेको पारिलो र मलिलो माटोमा सुन्तला खेति बढी फस्टाउँने कृषी प्राविधिकहरु बताउछन । समुन्द्री सतहदेखि करिब एक हजारदेखि १६ सय मिटरसम्मको उचार्ईमा सुन्तला उत्पादन हुने विज्ञहरुको भनाई छ । सो वातावरण धनकुटामा मात्र मिलेको कृषि कार्यालय धनकुटा बागवानी शाखाले जनाएको छ ।
उत्पादनका आधारमा धनकुटा सुन्तला खेतीमा अग्रस्थामा रहेको छ । नेपालको सबैभन्दा बढी सुन्तला उत्पादन हुने गोर्खा जिल्ला मानिए पनि धनकुटाले विश्व मै नाम कमाएको छ । संसारकै दाँजोमा धनकुटाका सुन्तला उच्चकोटीका मानिन्छन् । सुन्तला गुलियो र अमिलोपन मापन ब्रिक्स प्रणालीमा नापिन्छ । विश्वमै १३ देखि १४ ब्रिक्समा सुन्तलाको मापन भएको पाइन्छ । धनकुटाका सुन्तलामा पनि ११ देखि १३ ब्रिक्ससम्मको पाइने प्राविधिकहरुले बताएका छन् ।
धनकुटाका सुन्तालाले विश्वमै नाम कमाउन थालेपछि मकै, धान उत्पादन हुने खेतबारी मासेर सुन्तला खेती गर्न कृषकहरु आकर्षित हुन थालेको कृषि कार्यालयले जनाएको छ ।
कार्यालयका अनुसार कुल खेतीयोग्य जमिन ४० हजार २ सय २३ करिव हेक्टरमध्ये ६ सय ९८ हेक्टरमा यो वर्ष सुन्तला खेती गरिएको छ । ४ सय ८५ हेक्टर जमिन भने सुन्तला उत्पादनशिल क्षेत्र मानिएको छ । अघिल्लो बर्ष ३ हजार २ सय ६४ म्याट्रिक टन सुन्तला उत्पादन भएको कृषी कार्यलयको तथ्याङक रहेको छ ।
धनकुटा दोश्रो

orange
नेपालमा सबैभन्दा बढी, ३६ प्रतिशत, सुन्तला ’गण्डकी प्रदेशमा फल्दछ । त्यसपछि क्रमशः प्रदेश १ मा २७ प्रतिशत), प्रदेश ३ मा १९ प्रतिशत, प्रदेश ५मा १२ प्रतिशत र कर्णलप्मा ६ प्रतिशत सुन्तोला उत्पादन हसने गरेको छ । सुन्तला खेती हुने ५१ जिल्ला मध्ये तनहूँ, धनकुटा, स्याङ्जा, धादिङ र काभ्रे क्रमशः पाँच शीर्षस्थ जिल्लामा गनिन्छन् ।
सुन्तला सङ्कलन र बिक्री हुने प्रमुख केन्द्र काठमाडौँको कालीमाटी र बल्खु, नारायणघाट, बुटवल, धरान र विर्तामोड हुन् ।
धरानमा दैनिक २० मेट्रिक टन विक्रि
मौसम अनुकूल तथा उत्पादन वर्ष भएकाले यस वर्ष सुन्तला उत्पादन बढेको कृषि उपज बजार धरानले जनाएको छ । गत वर्ष सुन्तला बढि फलेको थियो । । फलफूल एक वर्ष बढी र अर्को वर्ष कम फल्ने प्राकृतिक नियम रहेको प्राविधिकहरुको भनाइृ रहेको छ । उनका अनुसार धरानबाट दैनिक १५ देखि २० मेट्रिक टन सुन्तला बिक्री हुने गरेको छ । जसमध्ये ४० प्रतिशतभन्दा बढी सुन्तला भारत, भुटान र बंगलादेश निकासी हुने गरेको छ ।
धरानमा भारतीय व्यपारीहरु सुन्तला खरिद गर्न आउनेको सख्या दिनप्रतिदिन बढ्न थालेपछि सुन्तलाको मूल्यबृद्धि भएको स्थानियको भनाई छ । धनकुटाका सुन्तला कृषक सुरेन्द्र चेम्जोङले बजारको अभाव र गाउमा सडक विस्तार नभएका कारण बिचौलियालाई बोटमै सुन्तला बेच्नु परेको बताए ।
धनकुटाका सुन्तला भारत र बङ्गलादेशसम्म
नेपालको सुन्तला भारत र बङ्गलादेश निर्यात हुन्छ । बिर्तामोड, धरान र बुटवल नाकाबाट ती देश निर्यात हुने गरेको छ । प्रमुख निर्यात नाका हुन्, जहाँबाट प्रायः भारतीय व्यापारीहरूले बङ्गलादेश, बिहार र उत्तर प्रदेशका प्रमुख बजारहरूमा नेपाली सुन्तला पु¥याउँछन् ।
नेपालमा नेपालमा १४ हजार हेक्टर जमिनमा सुन्तोला खेती
नेपालमा करीब १४ हजार हेक्टर जमिनमा सुन्तला खेती भइरहेको र रोपिएकामध्ये ५४ प्रतिशत बोटले मात्र फल दिइरहेका छन् । पाँच वर्षअघि सुन्तला खेतीले ५ हजार हेक्टर मात्र ओगटेको थियो र वार्षिक उत्पादन ५५ हजार टन थियो । हाल हुर्किँदै गरेका ४६ प्रतिशत अर्थात् थप साढे ७ हजार हेक्टरका नयाँ बोटले फल दिन थालेपछि केही वर्षमै सुन्तलाको उत्पादन दोब्बर भएर १ लाख ६० हजार टन पुग्ने देखिन्छ । २५ सयदेखि ४५ सय फीट उँचाइको नेपालको मध्य पहाडी भू–भाग सुन्तला खेतीका लागि उत्तम मानिने सुन्तोला विज्ञ बताउछन् ।
ब्राजिलमा बढि उत्पादन
नेपालमा उत्पादन र गुणस्तर दुवैमा धनकुटा अग्र स्थानमा रहेको छ । विश्वमा तुलना गर्ने हो भने ब्राजिलमा सबै भन्दा बढि सुन्तला उत्पादन हुने गरेको छ । विश्व खाद्य संगठनले सार्वजनिक गरेको तथ्याङ्क अनुसार सन् २०१० मा ब्राजिलमा १८.१ मिलियन म्याट्रिम टन उत्पादन भएको थियो । अमेरिकामा ७.५ मिलियन म्याट्रीक टन, भारतमा ६.० मिलियन म्याट्रिक टन उत्पादन भएको थियो । यस्तै इजरायल, इटाली,स्पेन लगायत मुलुक पनि सुन्तला खेतिमा नाम कहलिएकाछन । ‘द वल्र्ड बुक अफ इन्र्साक्लोपेडिया’ मा उल्लेख भए अनुसार विश्वमा बार्षिक ३ करोड ८० म्याट्रिक टन सुन्तला उत्पादन हुने गरेको छ ।