Blast Khabar
  • गृहपृष्ठ
  • निर्वाचन खबर
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • खेलकुद
  • स्वास्थ्य
  • अपराध
  • छापा समाचार
थप विभाग
  • छापा संस्करण
  • अर्थ
  • बिचार
  • सम्पादकीय
  • विशेष
  • अन्तर्राष्ट्रिय / प्रवास
  • अन्तरवार्ता
  • संस्कृति
  • साहित्य
  • ब्लग/रिभ्यु
  • राशिफल
इपेपर विज्ञापन
Blast Khabar
सर्वाधिक लोकप्रिय, निर्भीक, निष्पक्ष र पारदर्शी
  • गृहपृष्ठ
  • निर्वाचन खबर
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • खेलकुद
  • स्वास्थ्य
  • अपराध
  • छापा समाचार
  • छापा संस्करण
  • अर्थ
  • बिचार
  • सम्पादकीय
  • विशेष
  • अन्तर्राष्ट्रिय / प्रवास
  • अन्तरवार्ता
  • संस्कृति
  • साहित्य
  • ब्लग/रिभ्यु
  • राशिफल
  • Home
  • राजनीति
  • कसैले पनि आफ्ना जरा र धरातल भुल्न हुँदैन भन्दै उपसभामुखले दिइन् राजीनामा

कसैले पनि आफ्ना जरा र धरातल भुल्न हुँदैन भन्दै उपसभामुखले दिइन् राजीनामा

alt
  • माघ ६, २०७६
  • रासस
 
ब्लाष्टखबर ।  उपसभामुख डा शिवमाया तुम्वाहाङ्फेले आफ्नो पदबाट राजीनामा दिएको घोषणा गरेकी छिन् । प्रतिनिधिसभाको आजको बैठकलाई सम्बोधन गर्दै उनले जननिर्वाचित संस्थालाई लामो समयसम्म अन्योलमा राख्न नहुने निष्कर्षका साथ आफूले मार्गप्रशस्त गरेको स्पष्ट गरीन् ।
 
एउटा अप्रत्याशित र अस्वाभाविक परिस्थितिका कारण सार्वभौम जननिर्वाचित संस्था लामो समयदेखि सभामुखविहीन हुँदा जटिलता पैदा भएकाले यस्तो स्थिति कायम रहिरहनु हुन्न भन्ने निष्कर्षका साथ आफूले राजीनामा गर्ने निर्णय गरेको उनले बताइन् ।
 
आफूले यसअघि सभामुखविहीन अवस्था लामो समयसम्म रहनुहुन्न भनी पटकपटक सम्बन्धित पक्षको ध्यानाकर्षण गराउँदै आएको उल्लेख गर्दै उनले अन्योलपूर्ण अवस्थामा उपसभामुख पद पनि रिक्त गरेर सदनलाई नेतृत्वविहीन राख्न उचित नहुने मान्यताका आधारमा सभामुख चयनको ठोस आधार सिर्जना भएपछि आफूले मार्गप्रशस्त गर्न लागेको हो भनिन् ।
 
उनले भनिन्, “समावेशी लोकतन्त्र हाम्रो संवैधानिक व्यवस्थाको महत्वपूर्ण विशेषता हो, संविधानको यो मर्म अक्षर या वचनबाट होइन, हाम्रा अभ्यास र आचरणबाट मात्रै कार्यान्वयन हुन सक्छ भन्ने मलाई लाग्छ ।” राज्यका उच्च ओहोदामा समाजका सबै अङ्गको प्रतिविम्ब झल्कन सके मात्रै वास्तविक अर्थमा लोकतन्त्र सुदृढ हुनसक्ने बताउँदै उनले यो यथार्थसँग संविधान निर्माणमा अगुवाइ गर्ने राजनीतिक दल र नेतृत्व वर्ग सहमत हुनुहुन्छ भन्नेमा आफू आशावादी रहेको भनाइ राखिन् ।
 
उपसभामुखले भनिन्, “मेरा यी धारणाहरु कुनै अस्वाभाविक महत्वाकाङ्क्षा या अनुचित आग्रहबाट प्रेरित थिएनन् भन्ने कुरामा म दृढ छु ।” उनले लोकतन्त्र र खुला समाजमा हामीले गर्ने हरेक निर्णय जनताको सूक्ष्म निगरानीमा रहेका हुन्छन् भन्ने स्पष्ट पार्दै तिनको औचित्यको परीक्षा पनि समयको कसीमा घोटिने बताइन् । उनले निर्णय र सार्वजनिक जवाफदेहिताका बीचमा उचित सामञ्जस्यता हुनुपर्नेमा सबै सम्बन्धित पक्षले ध्यान पुर्याउनुपर्छ भन्ने आफूलाई लागेको बताउँदै भनिन्, “दलबाट सिफारिस वा निर्वाचित भएर प्राप्त हुने जिम्मेवारी भए तापनि संवैधानिक ओहदामा बसुञ्जेल सम्बन्धित व्यक्ति दलसँगको सम्बन्धबाट अलग रहेको हुन्छ ।
 
उक्त ओहोदामा रहँदा ऊ दलको निर्देशनमा होइन, संवैधानिक र कानूनी प्रबन्धअनुसार निर्देशित भएर क्रियाशील हुन्छ । मैले पनि यसैअनुसार इमान्दारीका साथ कर्तव्य पूरा गर्ने प्रयास गरेको छु ।” उनले कोही कसैले पनि आफ्ना जरा र धरातल भुल्न नहुने तथा स्वतन्त्रतालाई निरपेक्ष रुपमा बुझ्नु हुँदैन भन्ने कुरामा पनि आफू सचेत रहेको स्पष्ट पारिन् । उनले भनिन्, “उपसभामुखका रुपमा विगत दुई वर्षसम्म माननीय सदस्यसँग बिताउन पाएको अवधि मेरो जीवनका अविस्मरणीय र सुखद् अवधिका रुपमा स्मृतिमा रहने छन् ।
 
एउटा महिला, त्यसमाथि पनि एकल अवस्थामा रहेको र जनजाति पृष्ठभूमिबाट आएको मजस्तो व्यक्तिले जनताको सार्वभौम अधिकार अभ्यास गर्ने यस सर्वोच्च र गरिमामय अङ्गको नेतृत्व गर्न पाएको अवसरलाई महत्वपूर्ण अवसर ठानेको छु ।” उनले त्यसको श्रेय हाम्रो लोकतान्त्रिक प्रणाली र राजनीतिक दललाई जाने उल्लेख गरिन् । प्रतिनिधिसभाको अर्को बैठक आजै अपराह्न ४ बजे बस्नेछ ।
सम्बन्धित समाचार
जनकल्याण माविमा महिला हिंसा विरुद्ध आत्मरक्षात्मक प्रशिक्षण सम्पन्न

काठमाडौँ। राष्ट्रिय महिला आयोगको आयोजना तथा पुनम फाउन्डेसन काठमाडौँको सहकार ...

दुङमागढीलाई पर्यटकीय गन्तव्यका रूपमा विकास गरिँदै

भोजपुर । भोजपुरको पौवादुङ गाउँपालिका–५, सानोदुम्मामा रहेको ऐतिहासिक दुङमागढ ...

भोटेकोसी बाढीपीडितलाई विश्वकर्मा कल्याणको एक लाख आठ हजार सहयोग

विजयपुर । भोटेकोसी नदीमा आएको बाढीबाट प्रभावित तथा घाइतेका लागि विश्वकर्मा ...

छापा संस्करण [ePaper]
  • भर्खरै
  • लाेकप्रिय
भर्खरै
लोकप्रिय
जनकल्याण माविमा महिला हिंसा विरुद्ध आत्मरक्षात्मक प्रशिक्षण सम्पन्न
असोज १, २०८३
दुङमागढीलाई पर्यटकीय गन्तव्यका रूपमा विकास गरिँदै
असोज १, २०८३
भोटेकोसी बाढीपीडितलाई विश्वकर्मा कल्याणको एक लाख आठ हजार सहयोग
असोज १, २०८३
इटहरीमा १४ असोजदेखि सीप तथा रोजगार मेला
असोज १, २०८३
कृष्णभिरमा सडक दुईतर्फी सञ्चालन
असोज १, २०८३
बाल सघन उपचार कक्ष विस्तार गर्न माग
असोज १, २०८३
बसाइँसराइ रोक्न सुरक्षित आवास
असोज १, २०८३
ब्राउन सुगरसहित युवक पक्राउ
असोज १, २०८३
सहकारीको ऋणको अधिकतम ब्याजदर १३ प्रतिशत कायम
असोज १, २०८३
बोलेरो दुर्घटनामा चालकको मृत्यु
असोज १, २०८३
चोरबाटो हुँदै भारतबाट नेपाल भित्रिन्छन् कुखुराका चल्ला
असोज १, २०८३
आजको राशिफलः २०८३ साल असोज १ गते बिहीबार
असोज १, २०८३
मन्त्रिपरिषद् बैठकका निर्णयः पराजुलीसहित चार जना विशिष्ट श्रेणीमा बढुवा
भदौ ३१, २०८३
चिलिमेमा चार र अप्पर त्रिशूलीमा पाँच शव भेटिए
भदौ ३१, २०८३
चिलिमे सुरुङमा चार शव फेला, दुई जनाको शव बाहिर निकालियो
भदौ ३१, २०८३
जनकल्याण माविमा महिला हिंसा विरुद्ध आत्मरक्षात्मक प्रशिक्षण सम्पन्न
असोज १, २०८३
दुङमागढीलाई पर्यटकीय गन्तव्यका रूपमा विकास गरिँदै
असोज १, २०८३
भोटेकोसी बाढीपीडितलाई विश्वकर्मा कल्याणको एक लाख आठ हजार सहयोग
असोज १, २०८३
इटहरीमा १४ असोजदेखि सीप तथा रोजगार मेला
असोज १, २०८३
कृष्णभिरमा सडक दुईतर्फी सञ्चालन
असोज १, २०८३
बाल सघन उपचार कक्ष विस्तार गर्न माग
असोज १, २०८३
बसाइँसराइ रोक्न सुरक्षित आवास
असोज १, २०८३
ब्राउन सुगरसहित युवक पक्राउ
असोज १, २०८३
सहकारीको ऋणको अधिकतम ब्याजदर १३ प्रतिशत कायम
असोज १, २०८३
बोलेरो दुर्घटनामा चालकको मृत्यु
असोज १, २०८३
चोरबाटो हुँदै भारतबाट नेपाल भित्रिन्छन् कुखुराका चल्ला
असोज १, २०८३
आजको राशिफलः २०८३ साल असोज १ गते बिहीबार
असोज १, २०८३
मन्त्रिपरिषद् बैठकका निर्णयः पराजुलीसहित चार जना विशिष्ट श्रेणीमा बढुवा
भदौ ३१, २०८३
चिलिमेमा चार र अप्पर त्रिशूलीमा पाँच शव भेटिए
भदौ ३१, २०८३
चिलिमे सुरुङमा चार शव फेला, दुई जनाको शव बाहिर निकालियो
भदौ ३१, २०८३
भर्खरै
लोकप्रिय
कुलमानलाई हटाइएको विरोधमा धरानमा प्रदर्शन
चैत १२, २०८१
अन्तर्घातले हैन सहयोग गरे मात्र नेता भइन्छ – पूर्व मन्त्री कार्की
जेठ २८, २०८०
स्वस्थ खानपान र जीवनशैलीले मुटु रोगबाट बँच्न सकिन्छ
असोज ८, २०७३
टिप्पणी: नेताको बोलीको बेटुङ्गो
मंसिर १०, २०८१
बालबालिकाद्वारा प्रतिभा प्रदर्शन
असार १८, २०८२
हङकङमा छैटाैं मर्स्याङ्दी नाईट हुने
कार्तिक २५, २०८१
नमस्ते भन्ने कि नमस्कार ?
पुस ७, २०७६
वडाध्यक्षलाई कार्यवाहक विवादः उच्च अदालतमा रिट दर्ता, आजै सुनुवाइ
कार्तिक ४, २०८१
इटहरीमा यौनधन्दाः भारतीय ग्राहकसहित १२ पक्राउ
मंसिर २५, २०७५
एसईई आइडलमा खिना, रोहन र मिसु विजेता
असार ६, २०८२
‘संविधान संशोधनका लागि वर्कआउट हुँदैछ’
पुस २२, २०८१
टिकटकको नयाँ फिचर्स सेवा सुरु
वैशाख २२, २०८२
दुर्गा प्रसाईंलाई साढे सात वर्ष जेल सजाय माग
मंसिर २७, २०८१
धरान राजधानी हुने भो !
फागुन ५, २०७५
राष्ट्रियसभाको अध्यक्षमा दाहाल निर्वाचित
फागुन २९, २०८०
कुलमानलाई हटाइएको विरोधमा धरानमा प्रदर्शन
चैत १२, २०८१
अन्तर्घातले हैन सहयोग गरे मात्र नेता भइन्छ – पूर्व मन्त्री कार्की
जेठ २८, २०८०
स्वस्थ खानपान र जीवनशैलीले मुटु रोगबाट बँच्न सकिन्छ
असोज ८, २०७३
टिप्पणी: नेताको बोलीको बेटुङ्गो
मंसिर १०, २०८१
बालबालिकाद्वारा प्रतिभा प्रदर्शन
असार १८, २०८२
हङकङमा छैटाैं मर्स्याङ्दी नाईट हुने
कार्तिक २५, २०८१
नमस्ते भन्ने कि नमस्कार ?
पुस ७, २०७६
वडाध्यक्षलाई कार्यवाहक विवादः उच्च अदालतमा रिट दर्ता, आजै सुनुवाइ
कार्तिक ४, २०८१
इटहरीमा यौनधन्दाः भारतीय ग्राहकसहित १२ पक्राउ
मंसिर २५, २०७५
एसईई आइडलमा खिना, रोहन र मिसु विजेता
असार ६, २०८२
‘संविधान संशोधनका लागि वर्कआउट हुँदैछ’
पुस २२, २०८१
टिकटकको नयाँ फिचर्स सेवा सुरु
वैशाख २२, २०८२
दुर्गा प्रसाईंलाई साढे सात वर्ष जेल सजाय माग
मंसिर २७, २०८१
धरान राजधानी हुने भो !
फागुन ५, २०७५
राष्ट्रियसभाको अध्यक्षमा दाहाल निर्वाचित
फागुन २९, २०८०
Blast Khabar
Blast Khabar ब्लाष्ट खबर

यो वेवसाइट ब्लाष्ट राष्ट्रिय दैनिकको आधिकारिक न्यूज पोर्टल हो। नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल तथा जीवनका विभिन्न पक्षहरू समेटेको छ।

समाचार
  • गृहपृष्ठ
  • राजनीति
  • राष्ट्रिय
  • समाचार
  • खेलकुद
  • स्वास्थ्य
  • अपराध
  • अर्थ
  • पर्यटन
थप
  • बिचार
  • सम्पादकीय
  • विशेष
  • अन्तर्राष्ट्रिय
  • अन्तरवार्ता
  • संस्कृति
  • साहित्य
  • राशिफल
  • छापा संस्करण
सम्पर्क
ठेगाना धरान-८, औद्योगिक क्षेत्र, सुनसरी
फोन रिसेप्सन: ०२५-५७५४५८
समाचार: ०२५-५३८४३५
विज्ञापन: ०२५-५३८४१४
इमेल [email protected]
विज्ञापनको लागि सम्पर्क

© 2026 Blastkhabar.com — सर्वाधिकार सुरक्षित।
हाम्रोबारे सम्पर्क