धरान   पातलो शरिर, झुस्स दारी पालेका, उमेर सायदै २५ कटेको छैन् । झट्ट हेर्दा उनी हेभी मोटरसाईकल कुदाउन सक्दैैनन् की जस्तो लाग्छ । तर हामीले आंकलन गरेभन्दा फरक छन्,उदयपुर त्रियुगा नगरपालिकाका चित्रकुमार कार्की । २ सय सिसिको पल्सर उनी आनन्दसँग कुदाउछन् , त्यो पनि उल्टो बसेर । उनले च्याम्पियन्स बुक अफ वल्र्ड रेकर्डस् नै बनाएर विश्वभरी नाम कमाएका छन् । उदयपुर त्रियुगा नगरपालिकाका कार्की सन् २०११ देखी उल्टो मोटरसाइकल चलाएर चर्चामा आएका छन् । उल्टो मोटरसाइकल चलाएर ‘शान्ति र संविधान युवाको अभियान, भ्रष्टाचारमुक्त राष्ट्र निमार्ण गरौं, पर्यटकलाई आकर्षित गरौं ‘ भन्ने नारा बोकेर उनले यात्रा गरेका थिए । त्यो यात्रा सफल पारेर आज ‘सद्भाबना दूत’ को रुपमा नियुक्ति समेत पाएका छन् ।
छ ।उल्टो मोटरसाइकल यात्रा गरेर विश्व कीर्तिमान राखिसकेका कार्कीले जम्मा चार वटा विषयमा कीर्तिमान राखेका छन्।

च्याम्पियन्स बुक अफ वल्ड रेकर्डस् ले यसै २०२०, जनवरी ३, तारेखमा कार्कीलाई सद्भाबना दूत नियुक्त गरेको हो । सन् २०११ मा पूर्व मेचीदेखि पश्चिम महाकालीसम्म उल्टो मोटरसाईकलको यात्रा गरेर कार्कीले कीर्तिमान राखेका थिए । उनी २०७३ का लागि वर्ष साहसिक युवा प्रतिभा पुरस्कारबाट सम्मानित भईसकेका छन् । त्यस्तै रौता एकता समाज र नेपालटार एकता समाजले पनि उनलाई सम्मान गरिसकेको छ । सन् २०२० मा नेपाल मै विश्व रेकर्डका किर्तिमानीहरु अभिलेख राख्ने कार्यालय खोल्न उनलाई मुख्य कार्यालय युकेमा भएको च्याम्पियन्स बुक अफ वल्र्ड रेकर्डस् संस्थाले नेपाल संयोजकको रुपमा उनलाई गत जनवरी १६ मा नियुक्त गरेको छ । अव नयाँ किर्तिमानी जो नेपालमा राख्छन् त्यसको अभिलेख नेपालमै कार्कीले राखेर संस्थालाई पठाउने छन् । नेपालमै कार्यालय खोल्न पाउने उनी नेपालका पहिलो व्यक्ति भएको उनले दावी गरेका छन् । ‘यो मेरो लागि मात्र नभएर नेपालकै लागि ठूलो सौभाथ्य हो । अव जति पनि नयाँ रेकर्डका काम हुन्छ । अभिलेख यही राखिन्छ ।’–कार्कीले भने ।