धरान / धरानको बराह ग्रुपले धरानमा बालबालिका लागि सैलुन शुरु गरेको छ । ‘बराह किड्स सैलुन’ नाम दिइएको सैलुनको बराह ज्वेलरी इण्डष्ट्रिज प्रालिको चौथो तलामा आजदेखि विधिवत रुपमा संचालनमा ल्याएको हो ।
सैलुनको उद्घाटन धरान उपमहानगरपालिका मेयर तिलक राईले गरे । बराह ग्रुपका प्रदेश नं १ अध्यक्ष मानबहादुर विश्वकर्माले नाफाको केही हिस्सा भएपनि सामाजिक कार्यमा खर्चिदै आएको बताउदें बच्चाका लागि मनोरञ्जनसहित कपाल काट्ने शैलुन संचालनमा ल्याएको बताए । यहाँ मेनि केयर र पेडिकेयरको सुविधासमेत पाउनेछन् ।
१५ वर्षमुनिका बालबालिकालाई मनोरन्जन एवं बौद्धिक क्षमता अभिवृद्धि गर्दै कपाल, छाला, नङका सम्पूर्ण सुविधा उपलब्ध गराउने बराह ग्रसपले जनाएको छ ।