२०१७ साल पौष गतेको घटना घट्नु ठिक एक महिना १४ दिन अघि अर्थात् २०१७ साल कार्तिक ६ गते धरान नगरपालिकाको चुनाव हुँदा बीपीले नेतृत्व गर्नुभएको दुई तिहाई सरकारको पालामा पनि धरान नगरपालिकाको चुनावी परिणाम वामपन्थीको पक्षमा भएको थियो । वामपन्थीका (नेपाल कम्युनिष्ट पार्टी) तर्फबाट केदारनाथ खनाल प्रमुख र कृष्णप्रसाद श्रेष्ठ (बीए) उपप्रमुखमा निर्वाचित भएका थिए भने नेपाली काङ्ग्रेसले धरान नगरको दुई नम्बर वार्डमात्र नेपाली काङ्ग्रेसका उम्मेदवार भागवत गोविन्द श्रेष्ठ विजयी भएका थिए । जम्मा जम्मी नेपाली काङ्ग्रेसको भागमा एउटा वडामात्र हात प¥यो ।

तत्पश्चात् २०१७ साल पौष १ गते तत्कालीन सैनिक तानाशाह राजा महेन्द्रले अठार महिने कलिलो संसदीय प्रजातन्त्रमाथि ठूलो वज्रपात गरेर संसदीय व्यवस्थालाई नै निमोठेर फ्याँकेपछि २०१९ सालमा पञ्चायत व्यवस्थाले गरेको धरान नगरपालिका (पञ्चायत) को चुनावमा वामपन्थी पृष्ठभूमि भएका सूर्यप्रसाद उपाध्याय र गोविन्द मोक्तान धेरै वर्षसम्म धरान नगर पञ्चायतका प्रधानपञ्च पालो गरी गरी भए । यिनै दुवैको एरिफेरिलाई चुनौती दिँदै प्रजातन्त्रवादी पृष्ठभूमि भएका प्रो. इन्द्रप्रसाद श्रेष्ठ पनि धरान नगर पञ्चायतको प्रधानपञ्च भएको देखिन्छ ।

त्यसपछि कृष्णकुमार राई भए भने बम देवान पनि प्रधानपञ्च भए यी दुवै वामपन्थी पृष्ठभूमिका हुन् । यसरी धरानलाई सरसर्ति हेर्दा वामपन्थी प्रशिक्षण भूमि देखिन आउँदछ । २०४७ सालमा पुनः प्रजातान्त्रिक व्यवस्था स्थापना भएपछि २०४९ सालमा भएको नगरपालिकाको चुनावमा नेपाली काङ्ग्रेस र नेकपा (एमाले) बाट क्रमशः गोविन्द सुब्बा र ध्यानबहादुर राई चुनावी मैदानमा आए । सो चुनावी प्रतिस्पर्धामा गोविन्द सुब्बा अन्दाजी झिनो मत परिणामले (१५५ मत) पराजित भएर ध्यान बहादुर राई विजयी भए । त्यसैबेलादेखि बसपार्क, खानेपानी र नगरका अन्य समस्या प्रति धरानवासीहरूले खरो रूपमा बहस चलाएकै हुन् । तर, न बसपार्कको न खानेपानीको समस्या हल भयो, आजसम्म जिउँका तिउँ रहेका ती माथिका समस्या र अन्य समस्याहरू ठाडो रूपमा उभिएको छ ।

मनोज मेन्याङ्बो धरान नगरको प्रमुख हुँदा पनि खानेपानी, बसपार्क, सुकुम्बासी समस्या प्रति कुनै ठोस निर्णय हुन सकेन । उनको कार्यकाल पनि त्यसै सकियो । लामो अन्तराल १८÷१९ वर्ष धरान नगरपालिका नेतृत्वविहीन भयो । २०७४ को निर्वाचनमा तारा सुब्बा धरान नगरको नेतृत्वमा आए । उनको निधनपछि भएको २०७६ मङ्सिर १४ गते भएको उपनिर्वाचनमा तिलक राईको नेतृत्व काङ्ग्रेसले विजयपताका फहराउन सफल भयो ।

कुनै बेला पूर्वको मूलद्वार ठानिएको धरान शहर वामपन्थीको प्रशिक्षण केन्द्रको रूपमा लिइन्थ्यो । यस्तो शहरमा, धरान काङ्ग्रेसले सुनौलो इतिहास रचेको अवसर पनि हो । अब धरान काङ्ग्रेसको अगाडि चुनौती र अवसर दुवै तेर्सिएको छ । यसै सन्दर्भमा प्रमुख तिलक राईले अवसर र चुनौतीका अवसरहरूलाई कसरी नगरवासीका माझ लिएर जान्छन्, त्यो समयले नगरबासीहरूले अनुभूति गर्नेछन् । आफ्नो, अनुभव र योग्यतालाई प्रमुख तिलक राईले धरानबासीहरूका माझ कुन किसिमको कसी लगाएर, उज्यालो बनाउने प्रयत्न गर्दछन् । त्यो समयले बताउला । २०७६ साल फागुन १४ गतेसम्म प्रमुख तिलक राईलाई हनिमूनको समय सीमा छ ।

धरान उपमहानगरभित्र समस्यै समस्याको धेरै पोकाहरूको चाङ थन्किएर बसेको छ । शहर कुरुप छ । मुख्य बजारमा टेलिफोन, नेट र विद्युत्का तारहरू अव्यवस्थित हुँदा, धरानको सौन्दर्य र चमक हराएको छ । धरान बजारको व्यवसाय करिब करिब मन्द हुँदै छ । ठूला व्यापारी मजदुर, साना व्यवसायी र खुद्रे व्यापारीहरूको गुनासा र पिरोलोले भरिएको छ । बुद्धिजीवी वर्गहरू पनि धरानको विकास सम्बन्धमा छलफल तथा राय सुझाव दिने र लिने ठाउँको अभावमा पिरोलिएको अनुभव बताउँदछन् । यस्तै विभिन्न अड्चन र अप्ठ्याराहरूको माझमा धरान शहर गुज्रिरहेको छ । धरान शहर आफ्नो मुहार चम्किलो भएको हेर्नलाई लालायित भएर बसेको छ । यिनै पेरिफेरिका सन्दर्भमा धरान काङ्ग्रेसको विजयलाई यक्षले आफ्नो प्रश्नहरू तेस्र्याएको छ ।

१) करको समयोजन कहिले हुन्छ ?
२) खानेपानीको दीर्घकालीन समस्या कहिले समाधान हुन्छ ?
३) सडकका खाल्डाखुल्डीको मर्मत सम्भार कहिले हुन्छ ?
४) सुकुम्बासी समस्या कहिले समाधान होला ?
५) बस पार्कको स्थायित्व कहिले हुन्छ ?
६) एयरपोर्ट कहिले सम्ममा बन्ला या नबन्ला ?
७) धरान उपमहानगरभित्रको चरम भ्रष्टाचार कसरी निरूपण गरिएला ।
८) शिक्षित बेरोजगारका लागि अवसरको समस्या समाधान गर्ने उपायहरू के के छन् ?

यिनै माथिका यक्ष प्रश्नहरू धरान र क्षेत्रीय काङ्ग्रेस माझ तेर्सिएका छन् । ऐतिहासिक विजयलाई लिएर देशैभरि राम्रो सन्देश गएको छ । यस सन्देशले आउने निर्वाचनमा सङ्घ, प्रदेश र स्थानीय सरकारसम्मका तह र तप्कामा काङ्ग्रेसले राम्रो प्रदर्शन गर्न सक्छ भन्ने पनि धरान काङ्ग्रेसले सन्देशले दिएको छ । यस सन्देशको संरक्षण र सम्वद्र्धन गर्न हर तप्काका काङ्ग्रेस जनहरू चनाखो हुनुपर्दछ । प्रमुख तिलक राईलाई सबै काङ्ग्रेसीजनहरूले सल्लाह सुझाव दिनु अत्यन्तै राम्रो हुन्छ ।

यस दुई वर्षको अवधिमा जनताले, धरानवासीहरूले अनुभूति हुने गरी काम गरेर देखाउन सके धरान काङ्ग्रेसको ऐतिहासिक विजयलाई इतिहासको पन्नामा सुनौला असरको अङ्कुर देख्न सकिन्छ । ऐतिहासिक विजयलाई चिरस्थायी बनाउन र राम्रा राम्रा काम गरेर इतिहास कायम राख्न सकिन्छ । अब आउने दुई वर्षभित्र धरान शहरको मुहार फेर्ने जिम्मा प्रमुख तिलक राईको काँधमा आएको छ ।

हिजो आज धरान शहर सरकारी अड्डाहरू विहीन जस्तै छ । त्यसतर्फ पनि धरान उपमहानगरले गम्भीरताका साथ ध्यान दिनुप¥यो । धरानका बाटाहरूमा जताततै खाल्डा खाल्डी छन् । मृत्युको पासो भएर लम्बिएको सडक मर्मत सम्भार विहीन छ । भानुचौक अशान्त र कुज्ञप छ । कुनै पनि समयमा दुर्घटनाको सामना यही भानुचौकले गर्नुप¥यो भने धेरै मानवीय र सार्वजनिक सम्पत्तिको क्षतिबाट बचाउन धरान उप महानगरपालिकाले ध्यान दिन जरुरी छ ।

भानुचौक आमसभा, साङ्गीतिक कार्यक्रम गर्न रोक लगाई अन्यत्र व्यवस्थित गर्न जरुरी छ । भानुचौकको सब्जीमण्डी भित्र टेम्पो, सफारी, स्कुटी र मोटर साइकललाई निषेध गर्न जरुरी छ । सर्व प्रथम बसपार्कको टुङ्गो लगाउन धरान उपमहानगरपालिका तल्लीन हुनुपर्छ । यस्तै धेरै नदेखिने कार्यहरूको पहिचान गरी धरान नगरले व्यवस्थित गर्न जरुरी छ । गाडीहरूको चाप कम गर्न एकतर्फी (इलभ धबथ) को व्यवस्था गर्दा राम्रो सन्देश धरानबासीहरूमा सम्प्रेषण हुन्छ । प्रमुख तिलक राईलाई जनताले पच्छ्याएकै हुन् । तिलक राईले धरानको विकास पच्छ्याउनु आवश्यक छ ।

अन्त्यमा तिलक राईले के पनि हेक्का राख्नुपर्छ कि, उप(निर्वाचनको बेला सिरक ओडेर सुतेर बिउँझिए पछि आगोमा घ्यू हाल्ने तŒवहरू प्रति सजग रहन पर्दछ । नेपाली काङ्ग्रेस धरानमा विजयी भइसकेपछि सुझाव र सल्लाहका चुलिन्दा लिएर आउने व्यक्ति विशेषलाई पनि सूक्ष्म रूपले चिन्न जरुरी छ । यस्ता पुलिन्दा लिएर आउने धेरै होलान् । बलेको आगो ताप्न जो पनि आउन सक्छन् । तर, आगो बाल्न कहिले प्रयास गरे भन्नेतिर अध्ययन गर्न जरुरी छ । यस पालिको काङ्ग्रेसको विजयलाई लिएर विश्लेषण गर्ने हो भने । नेकपाको अतिवाद, घमण्डवाद, चरम भ्रष्टाचार, अतिवाद र धरान नगरवासीहरूप्रति उदासिनताको प्रतिफल नै नेपाली काङ्ग्रेसको विजय विन्दु हो । गत चुनावमा सबै काङ्ग्रेस एक हुनु र धरान उपमहानगर चुनावको लागि एकलौटी तिलक राईको नाम जानु अर्को मुख्य कारण हो ।

यहाँ मैले यसो गरेँ, उसो गरेँ भनेर हामी कसैले डिङ नहाँके हुन्छ । मैले गर्दा अथवा हामीले गर्दा जित हात पा¥यौ भन्नुभन्दा नेकपाको क्रियाकलाप र उनीहरूको खराब कामले गर्दा काङ्ग्रेसको पक्षमा मत एकोरिएको हो । यस मतको कदर गरी अब आउने आवधिक चुनावमा यसभन्दा राम्रो मत परिणामको आशा गर्न अब हामीले काङ्ग्रेसको सङ्गठन सुधार गर्नेतर्फ ध्यान जान पनि जरुरी छ । काङ्ग्रेसका सङ्गठनमा काम गरिरहेको नेतृत्वले धरान नगरबासीले अनुभूति गर्ने गरी काम गर्न लगाउन प्रमुख तिलक राईलाई मार्गनिर्देशन र हौसला प्रदान गर्नुपर्दछ ।