धरान । एक थाई सैनिकले अन्धाधुन्ध चलाएको गोलीका कारण मृत्यु हुनेकाे संख्या २६ पुगेको छ । ती सैनिक पनि मारिएकाे थाइ अधिकारीहरूले जनाएका छन् ।

आइतबार बिहानै थाइल्याण्डको उत्तरपूर्वी प्रान्त नाखोन रत्चासीमामा रहेको एक मलमा गोली चल्दा घटनास्थलमै १६ जनाको ज्यान गएको थियो । उपचारका क्रममा थप १० जनाको ज्यान गएको हो । ४२ जना घाइते भएका थिए । चक्रपन्थ थोम्मा नाम गरेका सैनिकले अन्धाधुन्ध गोली चलाउँदा दर्जनौं नागरिक घाइते हुन पुगेका थिए ।

उनले गोली किन र के कारणले चलाएको हो भन्नेबारेमा थाई प्रहरीले अनुसन्धान गरिरहेको छ । ती सैनिकले आफू कार्यरत रहेको शिविरबाट हतियार ‘हुम्बी’ चोरेर शहर प्रवेश गरेको बताइन्छ । थाइल्याण्डको मिडियाका अनुसार उनले आफ्नो कमाण्डिङ अफिसरको हत्या गरेर हतियार चोरेका थिए । हाल सपिङ सेन्टर आसपासमा सुरक्षा व्यवस्था कडा बनाइएको छ ।

अपडेट न्यूज.....

https://www.blastkhabar.com/news/2020/02/09/111352.html