धरान । आमा र ६ बच्चाको ज्यान जाने गरी अमेरिकको दक्षिणी राज्य मिसिसिपीको एक घरमा आगलागी भएको छ ।

आगलागीबाट घरमुलीमात्रै बाँच्न सफल भएका छन् । उनको स्थानीय अस्पतालमा उपचार भइरहेको छ । १ वर्षदेखि ३० वर्ष उमेर समूह रहेको बच्चासहित आमाको पनि आगोले जलेर ज्यान गएको हो । आगलागीबाट घाइते बनेका मृतकका पितालाई उद्धार गरिएको छ ।

आइतबार बिहानै यो घटना भएको हो । तर, के कारणले घटना भएको हो भन्ने विषयमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । घटना भएको क्षेत्र मिसिसिपी राज्यको राजधानीभन्दा १६ किलोमिटर टाढा रहेको छ । यो घर सन् १९५१ मा बनेको बताइन्छ ।