धरान । उत्तरी आयरल्याण्डकी एक महिला पत्रकार हत्यामा संलग्नलाइ करिब एक वर्षपछि मात्रै पक्राउ परेका छन् । 

सन् २०१९ अप्रिल १९ का दिन हत्या गरिएकी लायरा म्याकीकाे हत्यारालाइ पक्राउ गरिएकाे हाे । हत्याको आरोपमा आयरल्याण्ड प्रहरीले चार जना मानिसलाई पक्राउ गरेको हो । उनीहरूको उमेर २०, २७, २९ र ५२ वर्ष रहेको प्रहरी अधिकारीले उल्लेख गरेका छन् । उत्तरी आयरल्याण्डको क्रिगेन क्षेत्रमा समाचार सङ्कलनको क्रममा हत्या गरिएको थियो ।

प्रहरी प्रमुख सिमोन बायर्नेले पक्राउ परेकोबारे पुष्टि गरेका छन् । हत्या भएको लामो समयपछि पक्राउ गरिएको हो । घटनाका अनुसन्धानमा खटिएका प्रहरी अधिकारी जोन्सन मर्फीले पत्रकार हत्याबारे के भएको थियो र घटनामा को संलग्न थिए भन्नेबारेमा समुदायलाई जानकारी भएको बताए । ‘तर, समुदायले घटनाबारे हामीलाई भन्न डराइरहेका थिएँ’–उनले विदेशी सञ्चारमाध्यममा भनेका छन् ।