धरान । नोबेल कोरोनाभाइरसका कारण चीनको सङ्घाइमा हुन लागेको ‘सङ्घाइ फेसन विक’ सारिएको छ ।

कोरोनाभाइरसका कारण मार्च २६ देखि एप्रिल २ तारिखसम्म हुन लागेको फेसन विक अर्को मितिमा हुने गरी सारिएको हो । कार्यक्रम सारिएको बारे चीनको सर्वाधिक चर्चित सामाजिक सञ्जाल वीच्याटमार्फत् जानकारी दिएको विदेशी सञ्चारमाध्यमले उल्लेख गरेका छन् ।

वी च्याटमा भनिएको छ, ‘अर्को मितिका लागि हामी सक्रिय रूपमा लागिरहेका छौं । कोरोनाभाइरसका कारण चीनको अर्को महत्त्वपूर्ण फेसन शो ‘चाइना फेसन विक’ पनि सर्ने निश्चित जस्तै भएको छ । यो कार्यक्रम मार्चको २५ तारिखदेखि शुरु हुन लागेको थियो । बेइजिङमा हुन लागेको फेसन विक स्थगित गर्ने या अर्को मितिका लागि सारिने भन्ने निश्चित नभएको सिएनएनले उल्लेख गरेको छ ।