पश्चिमा देशहरुबाट सुरु भएको प्रणय दिवस अर्थात भ्यालेन्टाइन डे मनाउने चलन अहिले हामीकहाँ पनि निकैँ फराकिलो भएको छ । अहिलेका युवा पुस्तालाई नेपालीले उत्सवका रुपमा मनाउदैं आएका चाढहरु जस्तै उभौली उधौली, लोसार, नारी दिवस, फागु पूर्णिमा, श्रीपञ्चमी, संविधान दिवस, शहिद दिवस, प्रजातन्त्र दिवस कहिले पर्छ थाहा हुदैंन । तर अप्रिल फुल, फेब्रुवरी १४, जनवरी १ जस्ता डेट भने अहिलेका युवा पुस्ताको क्यानलेन्डरको अग्रभावमा हुन्छ । अर्थात यि दिनहरु उनीहरु विर्सन सक्दैंनन् । आफ्ना मौलिक चाढ, संस्कृतिलाई पन्छाएर पश्चिमा संस्कृति र संस्कारलाई मात्र बढवा दिनु न्याय संगत हुदैन् । तर भ्यालेन्टाइन डेको इतिहासलाई नजरअन्दाज गरेर यसलाई एउटा उत्सवको रुपमा मनाउनुलाई भने खराव मान्नु हुदैंन् । 

यो उत्सव पादरी सेन्ट भ्यालेन्टाइनको वलिदानसँग जोडिएको छ । तत्कालीन रोमन सम्राट् क्लाउडियस द्वितीयले युवा प्रेम र विवाहतिर लागे सैनिक सेवा प्रभावित हुन्छन भन्ने ठानेर यसलाई प्रतिबन्ध लगाए । तर भ्यालेन्टान भने सम्राट्को निर्णयलाई धर्म विरुद्ध मानियो । ती पादरीले राजाज्ञा अवज्ञा गर्दै प्रेम र विवाहका लागि प्रेरित गरे । उनले युवायुवतीका जोडीहरू तयार पारी सार्वजनिक स्थलमै सामूहिक विवाह कार्यक्रम सम्पन्न गरेर समाजदाई चुनौती दिए । निषेधाज्ञा तोडेको आरोपमा उनलाई ई पू २७० को फेव्रुअरी १४ मा अन्तत मृत्युदण्ड दिइयो । प्रेमका लागि प्राण उत्सर्ग गर्ने उनै पादरीको सम्झनामा भ्यालेन्टाइन डे अर्थात मनाउन थालिएको हो । विश्वभरि नै यस दिनलाई उत्सवको रूपमा मनाउने गरिन्छ ।

भ्यालेन्टाइन डेका आफैमा एक रोमान्टिक दिन हो र यो प्रेममय दिन हो । यो प्रणय दिवस सँग विभिन्न खाले कथा तथा इतिहास जोडिएका छन् । प्रेमको बहानामा भ्यालेन्टाइन डेलाई मात्रै बुझ्नु वा मनाइनु भने उचित होइन । आफ्ना मौलिक संस्कृति र संस्कार नमर्ने गरि यसलाई मनाउनु उचित हुने छ । · भ्यालेन्टाइन डे को दिन विश्वमा औषतमा २ लाख माानिसले आफुलाई मनले खाएको व्यक्तिलाई बिहेको प्रस्ताव गर्दछन् । बर्षभरी भन्न नसकेको विषय यस दिनको अवसर पारेर आफनो मन परेको व्यत्तिलाई प्रस्ताव राख्ने साहस यस दिनले मानिसलाई दिने गरेको छ । त्यसो भएकाले यसलाई अवसरको रुपमा पनि हेरिनु पर्ने हृुन्छ ।

 हेनरी डेभिड थोरोले एउटा प्रसंगमा भनेका छन् –‘प्रेम गर्नुबाहेक प्रेमको कुनै उपचार छैन ।’ प्रेमलाई एक प्रकारको औषधिको रुपमा लिइएको छ । प्रेमलाई जाति, लिंग, पेसा, भाषा, उमेर, सिमाना केहीले पनि छेक्न सक्दैन, त्यसैले यो भ्यालेन्टाइन डै नवयुवा–युवती जोडीहरूको मात्र उत्सव होइन । वृद्धवृद्धा दम्पतीहरू, बयस्कहरुका लागि पनि आफ्नो दाम्पत्य जीवन सुन्दर बनाउने एक आफुमा कसम खाने उत्सव पनि हो । त्यसैले यसलाई विकृतीरहित बनाएर सबै उमेर समुदाय वर्गले उत्सवको रुपमा मनाउनु वाञ्छानिय हुने छ ।