आज प्रेमजोडीहरुको विशेष दिन अर्थात् ‘भ्यालेन्टाइन डे’ । कतिपयले विदेशी संस्कृति भनेर विरोध जनाएपछि पछिल्लो समय नेपालमा पनि ‘भ्यालेन्टाइन डे’लाई उत्सवका रुपमा मनाउन थालिएको छ । भ्यालेन्टाइन डे बारे थोरैलाई मात्र थाहा भएका केही रोचक कुराहरु यस्ता छन् ।

– हरेक वर्ष भ्यालेन्टाइन डे को दिन नाटककार विलियम शेक्सपियरको चर्चित लभस्टोरी रोमियो एण्ड जुलिएटकी नायिका जुलियटको घरमा हजारौँ चिठीहरु पठाइन्छन् । इटालीको भ्यारोनामा जुलियटको काल्पनिक गाउँ छ । दुनियाँ भरबाट यो गाउँमा जुलियटलाई सम्बोधन गरी प्रेमपत्रहरु पठाइन्छ ।

– भ्यालेन्टाइन डे को दिन विश्वमा औषतमा २ लाख २० हजार जना मानिसले आफ्नो पार्टनरलाई विहेको प्रस्ताव गर्दछन् । प्रेमको प्रस्ताव गर्नेहरुको सङ्ख्याको त गणना नै छैन ।

– भ्यालेन्टाइन डे को दिन विश्वमा १ अर्ब कार्ड आदानप्रदान हुन्छन् । क्रिसमस तथा अङ्ग्रेजी नयाँ वर्ष पछि सबैभन्दा बढी कार्ड आदानप्रदान हुने दिन यही हो ।

– भ्यालेन्टाइन डे को दिन अमेरिकामा मात्रै एक अर्ब डलर बराबरको चकलेट खरीद बिक्री हुन्छ । यो दिन मुटु आकारको साढे ३ करोड चकलेट बक्स बिक्री हुन्छन् ।

– भ्यालेन्टाइन डे को दिन अमेरिकामा मात्रै १९ करोड बराबरको गुलाबको फूल किनबेच हुन्छ ।

– गुलाबको फूललाई इटालीको रोममा प्रेमको देवीको मनपर्ने फूल पनि भनिन्छ ।

– भ्यालेन्टाइन डे मा गुलाब खरीद गर्नेमा सयमा ७३ प्रतिशत पुरुष हुन्छन् । त्यस्तै अन्य भ्यालेन्टाइन गिफ्ट खरीद गर्नेमा सयमा ८५ जना महिला हुन्छन् ।