ब्लाष्टखबर । ट्याक्टरले किचेर धरान ५ ठिङगाबारीमा एक काे मृत्यु भएकाे छ ।

बिहिबार दिउसाे करीब ३ बजे ढुङ्गालीएर देउरालीबाट ठिङगाबारी तर्फ जादै गरेको ना ५ त ७८४३ नं को ट्याक्टरले धरान ५ देउराली बस्ने बर्ष ४८ को बुद्द राज राईलाई किच्दाँ राईका घटनास्थल मै मृत्यु भएकाे हाे ।

ट्याक्टरकाे डालामा सवार राई अचानक ट्याक्टरबाट लडेपछि चक्काले पेलेर उनकाे घटनास्थल मृत्यु भएकाे इलाका प्रहरी कार्यालय धरानले जनाएकाे छ । घटना पछि ट्याक्टर प्रहरी नियन्त्रणमा रहेको र चालक तत्काल फरार रहेकोले खोजतलास लगायतका अन्य अनुसन्धान कार्य जारी रहकाे कार्यालयले जनाएकाे छ ।