ब्लाष्टखबर । हैटीको राजधानी पोर्ट औ पिन्सको एक अनाथालयमा शुक्रबार आगलागी हुँदा कम्तीमा १५ बालबालिकाको मृत्यु भएको छ ।

अनाथालयको चर्चमा बालिएकाे क्यान्डलबाट आगलागी भएकाे हुनसक्ने अग्नि नियन्त्रण संस्थाका अधिकारीहरूले जनाएका छन् ।

अमेरिकाको धार्मिक गैरनाफामूलक संस्थाले सञ्चालन गरेको उक्त अनाथालयमा  आगलागीबाट ६० बालबालिका भने आगलागीबाट बाँच्न सफल भएका छन् । पेन्सिलभेनिया बेस्ड द चर्च अफ बाइबल अन्डस्ट्यान्डिङले हैटीमा सन् १९७७ देखि अनाथ र असहाय बालबालिकाका लागि लक्षित गरेर यो अनाथालय सञ्चालनमा छ । पछिल्लो समय गृहमा १५० बालबालिका आश्रित थिए ।

हैटीका राष्ट्रपति जोभेनल मोसीले एक ट्विट गर्दै घटनाले आफूलाई स्तब्ध बनाएको बताएका छन् । साथै उनले घटनाबारे सत्यतथ्य पत्ता लगाउन अधिकारीहरूलाई निर्देशन दिएका छन् ।

 

स्राेत : अनलाइन खबर