धरान/ वाईवाईको जिङ तयारी चाउचाउमा राखिएको उपभोक्ता उपहार योजनामा धरानकी १२ वर्षीया किशोरीले स्कुटी पाएकी छन् ।

धरान–१५ की सुप्रिया श्रेष्ठले चाउचाउको खरिद गर्दा स्कुटी प्राप्त गरेकी हुन् । उनलाई धरानको भानुचौकमा मङ्गलबार एक कार्यक्रमका बीच स्कुटीको साँचो हस्तान्तरण गरिएको छ । सिजी फुड्सका मार्केटिङ प्रमुख लालबाबु प्रसादले स्कुटीको साँचो श्रेष्ठलाई प्रदान गरे । उपहार योजनामा स्कुटी प्राप्त गर्ने पहिलो ग्राहक बनेकी छन् ।

धरानको युरेका आवासीय माविमा अध्ययरत उनले करिब १५ दिनअघि खरिद गर्दा स्कुटीको कुपन प्राप्त गरेकी थिइन् । उपहार योजना प्रदेश १ भरि सञ्चालन भइरहेको छ । सिजीले एक महिनायतादेखि जिङ्गमा उपभोक्ता उपहार योजना सार्वजनिक गरेको थियो ।

चाउचाउ खरिदमा स्कुटीसँगै स्केटिङ साइकल, फुटबल स्पिनरटप, कलरफुल गायरो, स्पिनर र लँुडो उपहार राखिएका छन् । उनलाई यामाहा कम्पनीको स्कुटी प्रदान गरिएको हो । स्कुटी प्राप्त गरेपछि नगर परिक्रमासमेत गरिएको थियो । त्यसक्रममा उनीहरूले कुपनसमेत प्रदर्शन गरेका थिए ।