धरान । अनुयायी महिलामाथि बलात्कारमा अभियुक्त सिद्धबाबा उर्फ कृष्णबहादुर गिरीले जिल्ला अदालत सुनसरीमा आत्मसमर्पण गरेका छन् ।
गिरीले आजै बिहान आत्मसमर्पण गरेका हुन् । आत्मसमर्पण लगत्तै उनलाई जिल्ला अदालतले पक्राउ पूर्जी जारी गरी झुम्का कारागारमा पुपक्र्षका लागि थुनामा पठाएको छ । जिल्ला अदालतका निमित्त श्रेस्तेदार निधिराम दाहालले जानकारी दिए ।
जिल्ला अदालतले ३ लाख रुपैयाँ धरौटीमा छाडे पनि उच्च अदालत विराटनगरले थुनामा राखेर कारबाही अगाडि बढाइने आदेश दिएको थियो । आदेशकै दिन प्रहरीलाई छलेर उनी फरार बनेका थिए । फरारपछि झण्डै एक महिनापछि मात्रै जिल्ला अदालतमा आत्मसमर्पण गरेका हुन् ।