देउराली । न्यु जयन्ती स्टोरका संञ्चालक याैवन खड्गी सम्पर्क विहिन भएसंगै उनको सुन पसलमा पैसा जम्मा गर्नेहरुले दिनहु घर घेराउ गर्न थालेपछि इलाका प्रहरी कार्यालय धरानले खड्गीकी श्रीमती गीतालाई सुरक्षका प्रदान गरेकाे छ ।
छोरीलाई विदेश पठाउन भन्दै हिडेका खड्गी र उनकी छोरी करिव एक महिना देखि सम्पर्क विहिन हुदाँ आफूहरुले जम्मा गरेको पैसा डुब्ने चिन्ताले खड्कीको घरमै रहेको सुन पसलमा दैनिक जसो घेराउ गर्दै आएपछि आज प्रहरीले खड्गीकी श्रीमतीलाई कार्यालय लगिएको इप्रकाका डिएसपी ढुण्डीराज न्यौपानेले जानकारी दिए । उनले भने-‘हामीले उहाँलाई कार्यालय ल्याएका छौ, पक्राउ गरेको हैन । वहाँकै सुरक्षाको लागि ल्याएका हौं । दैनिक रुपमा सयाैको संख्यामा उपस्थित भएर घर घेराउ गरीरहदाँ केही अप्रिय ङटना नहोस भनेर पूर्व सर्तकता अपनाएका हौ ।’ उनले आक्रोशित वनेका भिड घरभित्र पस्ने गरेको पाइएकोले खड्गीको घरमा रहको काे १५प ६७०२ नम्बरकाे स्कुटर र काे १ च ५८४५ नम्बरकाे मारूती सुजुकीलाई सुरक्षका लागि हिजै नियन्त्रणमा लिएकाे छ ।
के भन्छिन् खड्गीकी श्रीमती ?
गत माघ २४ देखि खड्गी सम्पर्क विहिन भएपछि गत सातादेखि दैनिक रुपमा उनको सुन पसलमा पैसा जम्मा गर्नेहरु आउने गरेका छन । घटनासंञ्चार माध्यमबमाट बाहिर आएसंगै बडेको भिडले दिन भरी नै उनको घर घेराउ गरेको थियो । घर घेराउ भइरहदाँ खड्गीकी श्रीमतीले करीब ५ बजे तीर खड्गीलाई केहि मानिसहरुले वारम्वार मानसिक तनाव दिनुका साथै, उनलाई बाटोमा छेकेर धम्की दिदैं अाएकाे बताइन । उनले धरानकाे केही नाम चलेका व्यक्तिहरूकाे नाम लिएकी छन् ।
उनको घर सिमानामा रहेकाे घरका विषयमा मुद्धा चलिरहको छ । साेही विषयमा १२ करोडको माग गर्न लगाउने र घरमै बोलाएर धम्की दिने गरेको बताएकी थिइन् ।
उनले पारिवारिक सल्लाह अनुसार छोरीलाई विदेश पठाउन खड्गी काठमाडौं गएको बताउदै कोरोना भाइरसको विश्वव्यापी प्रकोपका कारण छोरीलाई विदेश पठाउन नसकेको बताइन् । त्यहि समयमा खड्गीको दाजु विरामी भएकाले काठमाडाै कै विभिन्न अस्पतालहरुमा लामो समय बस्नुपरेको बताइन । उनले भनिन् -'कोरोना संक्रमणका कारण छोरीलाई विदेश पठाउन पाउनु भएन त्यही समय जेठाजु बिरामी हुनु भयो बाउ छोरी पालैसंग जेठाजुलाई अस्पपतालमा हेरचाह गरेर बसे । मैले अघिल्लो सोमबार फोन गरेर पसलमा मान्छेहरु आइरहनु भएको छ तपाइ आउनु पर्यो भनेको थिए वहाँ पर्सि आइपुग्छु भन्नु भए पनिहालसम्म घर आउनु भएकाे छैन ।
खड्गीकी श्रीमतीले केहि व्याक्तीकाे नाम समेत उल्लेख गरेर खड्गी माथी मानसिक तनाव भैरहकाे बताइरहदाँ ३ नम्बर वडाका वडा सदस्य बिकास बनेपालीले भने उक्त घटना फरक रहेकाे र उनले भने जसरी कसैले धम्की तथा मानसिक तनाब नदिएकाे बताए । बनेपालीले खड्गीकी श्रीमतीले तनावका कारण अर्काे प्रसंगलाइ न्यु जयन्ती स्टोरका बचत कर्ताहरूसंग जाेडि दिएकाे बताए ।