ब्लाष्टखबर । महगाे ब्याज दिने भन्दै कराेडाैं रूपैया संकलन गरेर धरान ३  न्यु जयन्ती स्टोरका सञ्चालक यौवन खड्गी सम्पर्क बिहिन भएका छन्  ।  सर्वसाधारणले राखेको करोडौं रुपैया जोखिममा पर्ने गरी करिव १ महिना देखि उनी सम्पर्क बिहिन भएका हुन् ।

 करीब १२ कराेड रकम जोखिममा पर्ने गरी एकाएक सम्पर्क विहिन भएपछि सर्वसाधारणहरुले उनको घर घेराउ गरिरहेका छन् । खड्गी सम्पर्क बिहिन भएपछि उनलाई सम्पर्कमा ल्याउन भन्दै  वडा नं ३ वडा कार्यालयमा निवेदन  आएकाे वडा अध्यक्ष आशाराम श्रेष्ठले जानकारी दिए ।  आफ्नै घरमा सुन पसल चलाएर बसेका खड्गी सम्पर्क विहिन  भएपिछ उनी श्रीमतीलाइ साेध्दा  आफूसंग पनि सम्पर्क विहिन रहेकाे बताउने गरेकाे  बताएका छन् । एक साता अघि उनकी श्रमती गीताले श्रीमान् र छाेरी हराएकाे भन्दैं प्रहरीमा निवेदन  दिएकाे वडा अध्यक्ष श्रेष्ठले बताए ।

राम्रै कारोवार गरिरहेको थियो एक्कासी बेपत्ता भएको खवर आयो । श्रमतीलाई उ कहाँ छ भन्ने थाहा छ । चाढै सम्पर्कमा आएर स्थानीयको पैसा मिलाउने छन् ।’–वडा अध्यक्ष श्रेष्ठले भने । निवेदन आए पछि खड्गीका सासुलाई काठमाडौबाट झिकाइएको श्रेष्ठले बताए ।
सर्ब साधारणको ५० हजारदेखि ३ करोडसम्म पैसा लिएको बताइएको छ । धरान–१६ की गोमा तामाङको ६२ लाख लिएको उनले बताइन । १५ प्रतिशतले व्याज दिइरहेको बेला एक्कासी हराएको उनले बताईन । यस्तै ललिता श्रेष्ठको ३१ लाख डुवेको बताएकीछन् ।
आफ्नै घरमा सुन पसल चलाएका खड्गीको घर पनि कृषी विकास बैकमा धितो राखेको बताइएको छ । धरान–३ का वडा अध्यक्ष हरिकुमार शाहीको समेत ९ लाख सुन पसलमा राखेको बताएका छन् ।

यसअधि धरानमा सल्लेरी बचत तथा ऋण सहकारी संस्थाको करोडौ रकम सुनमा लगानी गरी  डुबाएको भन्दै संस्थाका अध्यक्ष कृष्ण बिक सहित प्रबन्धक मोहन दर्नाल र लेखापाल कमलादेवी विक  फरार भएका थिए उनिहरूलाई पक्राउ गरेपनि सहकारीका बचत कर्ताकाे करिब ५ करोड ६८ लाख रुपैयाँ  अझैपनि अन्याेलमा रहकाे छ ।